यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ
- मंगलबार, ११ माघ, २०७८
- 3 months ago
- जीवनशैली

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।
अझ भन्नुपर्दा अहिले मुलुकभर ह्वात्तै जाडो बढेको छ । यस्तो जाडो मौसममा प्रया हामीले दुध चिया खाने गर्छौं । तर, दुध चियाको साटो तातो पानीमा मह मिसाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा गर्ने डाक्टरहरुको सल्लाह छ ।
यस्ता छन् फाइदाहरु...
– महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।
– खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।
– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।
–आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।
– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ ।
– दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।
– शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।
– जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईंलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।
– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।
– हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।
– रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।
– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।
– गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।
– आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।
– दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।
– महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।
– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 5 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 5 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 7 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।