विपन्न परिवारका लागि घर निर्माण शुरु

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 3 years ago
  • नेपाल

झापा । झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ ।

 

कनकाई नगरपालिकाको ‘प्रमुख आवास कार्यक्रम’ अन्तर्गत कनकाई– ७ रेडक्रस टोलका १५ विपन्न परिवारका लागि रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु भएको हो । 

 

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमकाबीच घर निर्माण कार्यको शिलान्यास गरे । 

 

प्रमुख आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाको रू २५ लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रू १४ लाख र नगरप्रमुख पोखरेलको व्यक्तिगत रू दुई लाख गरी रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु गरिएको हो । 

 

नगर क्षेत्रमा २०५० साल अघिदेखि बसोवास गर्दै घरबारविहीनलाई प्रमुख आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी प्रदान गरिने नगरप्रमुख पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको नौ वटै वडामा त्यस्ता परिवारको पहिचान गर्न प्रतिनिधि खटाइएको छ ।” 

 

यो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५-७६ मा समेत नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रममा सहयोग गर्न चाहने अन्य सामाजिक संघसंस्थालाई पनि सहभागी गराइने र नगरभित्र सुकुम्बासी र घरवारविहीन रहेसम्म कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । 

 

यो वर्ष कनकाई– ७ मा तीन कठ्ठा जमिनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडाध्यक्ष लीला कन्दङ्वाले बताए । ‘निर्वाचनताका गरिएका बाचा पूरा गर्ने अभियान हो यो’, उनले भने, “नगरपालिकामा अब कुनै पनि परिवार घरबारविहीन भएर बस्नुपर्ने छैन ।” 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 2 hours ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।