होमस्टे मोवाइल एप मोबाइल एप सञ्चालनमा

पोखरा । गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

 

भिटोफ गण्डकी प्रदेशको आयोजनामा जुम प्रविधिमार्फत शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सो सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सो सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासका लागि प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश भित्रका घरवासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरवासबारे बुझ्न मिल्ने गरी बहुआयमिक नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।

 

पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टेहरू सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्न सक्ने उनले बताए । उनका अनुसार हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ । 

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नविनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा भिटोफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडा, आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समिति संयोजक खगराज आचार्य, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा लगायतले प्रविधिको सञ्चालनसँगै घरवास पर्यटनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 5 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 8 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 17 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।