विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा नोभेम्बर ११ मा बेचिने

एजेन्सी । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ ।

 

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् । 

 

‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ ।

 

लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।

 

“यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

 

गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो ।  हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारागारमा जन्मिएको बच्चा

  • 13 minutes ago
कारागारमा जन्मिएको बच्चा

दाङ । दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीरः दीपक बोहरा÷ रासस

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 18 minutes ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।