हिमालयन बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
- सोमबार, १३ आषाढ, २०७९
- 1 month ago
- अर्थ

काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ। बैंकले नगरपालिकाको वडा नं. ०२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो।
विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सूदुरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए। जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताए।
शुक्रबार सम्पन्न कार्यक्रम मुख्यरुपले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु तथा अभिभावकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक मित्रलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, लम्की शाखाका शाखा प्रबन्धक युवराज थापाले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका वितरण गरेको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 6 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 40 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।