मृत्युको पहाड !

एजेन्सी । यसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचीत रहेको छ ।

 

तर, पहिला भने यस्तो थिएन । बोलिभियामा लामो समय स्पेनको राज रहेको थियो ।उनीहरुले यस माउन्टेनलाई रिच माउन्टेन समेत भन्थे । यस माउन्टेनमा चाँदी अथाहा पाइने भएका कारण पनि रिच माउन्टेन भनिन्थ्यो ।

 

स्पेनिसहरुलाई लाग्थ्यो कि यो पुरै पहाड भरी चादी रहेको छ । तर, स्थानीय मानिसहरु भने यस पहाडलाई सरापको रुपमा लिने गर्थे । १६ औ शताब्दीदेखि हालसम्म ८० लाख मानिसहरुलाई यस पहाडले निलिसकेको छ । 

 

१५४५ मा स्पेनिसहरुले केरो रिको पहाडको तल्लो भागमा एउटा सानो शहर निर्माण गरेका थिए । उनीहरुले बोलिभियाका ३० भन्दा बढी मानिसहरुलाई माइनिङका लागि उक्त स्थानमा काम गराएका थिए ।

 

स्पेनिसहरुले उक्त पहाडबाट २ अर्वभन्दा बढी मुल्य बराबरको चाँदी निकालेको अनुमान गरिन्छ । यसरी पहाडमा माइनिङको काम गर्दा पहाडको उचाइमा कमी आएको छ । लगतार पहाड खन्ने कामले यहाँ धेरै सुरुङहरु बनेका छन् र।

 

यसकारण पनि माइनिङमा समस्या पर्दै आइरहेको छ । हरपल दुर्घटनाका समस्याहरु बढ्दै गइरहेको छ । हाल यहाँ १५ हजारभन्दा बढी मानिसहरु काम गरिरहेका छन् ।

 

एक रिपोर्टका अनुसार प्रत्येक महिना १४ देखि २० जना महिलाहरु विधवा हुने गरेका छन् । पुरुषहरुलाई मात्र यहाँ काम लगाउने गरिन्छ । 

 

यहाँ काम गर्नेहरुको औसत उमेर ४० वर्ष रहेको छ । इतिहासकार एडुआर्डो गेलीनोका अनुसार १६ औ शताब्दीदेखि हालसम्म उक्त पहाडमा ८०लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेकोछ  ।

 

केही आलोचकहरुका अनुसार ८० लाखभित्र त्यस्ता मानिसहरुलाई पनि गनिएको छ जसले यो स्थान छोडर अन्त गएका थिए । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।