हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह
- शुक्रबार, १७ मंसिर, २०७८
- 7 months ago
- विचित्र विश्व

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।
सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।
हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गर्नुभएको थियो । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए ।
“विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो”, बेहुलाका बुवा जोगीले भने, “बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्यो ।” उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।
हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । “हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भने बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जसपाका प्रदेश सांसद यादव पार्टीबाट निष्काशित
- 21 seconds ago
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका एक सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। जसपाबाट निष्कासित हुनेमा संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष पनि छन्। जसपाको महोत्तरी
फिल्म ‘कैथी’को रिमेक ‘भोला’ अजय देवगन आफैंले निर्देशन गर्ने
- 3 minutes ago

एजेन्सी । बलिउड अभिनेता अजय देवगनले बलिउडका धेरै सुपरहिट फिल्महरूमा काम गरे र आफ्नो राम्रो अभिनय र लुक्सले दर्शकको मन जितेका छन्।
कुमारी बैंक र बनेपा डेन्टल क्यरबीच सम्झौता
- 17 minutes ago

काठमाडौँ। सम्झौताअनुसार सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।