स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 3 years ago
  • नेपाल

नुवाकोट । यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । 

 

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो । 

 

गत आवमा अध्ययन गरिएका ३० वटा र यो आवमा थप भएका पाँच स्वास्थ्य संस्थामा अध्ययन भएकामा तलाखु स्वास्थ्य चौकीबाहेक बाँकी स्वास्थ्य चौकीको सेवामा व्यापक सुधार गर्नुपर्ने पाइएको सामाजिक परीक्षक अमित गजुरेलले बताए । 

 

“स्थलगत अध्ययन, प्रश्नावली, सामूहिक छलफल लगायतका आधारमा तयार गरेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझावसमेत अझै कार्यान्वयन भएको देखिएन,” गजुरेलले भने, “यस वर्षको अध्ययनमा स्वास्थ्य चौकीको अवस्था पनि सामान्यदेखि जटिलसम्मका पक्षमा समेत सुधार गर्नुपर्ने देखिएको छ ।” 

 

उनका अनुसार परीक्षणका क्रममा गत वर्षका प्रतिबद्धता जनाएका स्वास्थ्य संस्थाले यस वर्षसम्म पनि पूरा नगरेको, नागरिक वडापत्र नभएको, खानेपानीको अभाव, बर्थिङ सेन्टर सञ्चालन भए पनि प्रभावकारी नभएको, सुझाव पेटिका नराखिएको, व्यवस्थापन समितिको बैठक नियमित नबसेको, निःशुल्क वितरण हुने ३८ प्रकारका औषधिमा आधा पनि नभएको, स्वास्थ्य संस्था भित्रै बधशाला सञ्चालन हुने गरेको, बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनुपर्नेमा २ बजे नै बन्द गर्ने गरिएको लगायतका त्रुटि पाइएको छ । 

 

उक्त प्रतिवेदन कार्यान्वयनका लागि स्वास्थ्यसम्बन्धी सामाजिक परीक्षण समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसमक्ष बुझाइएको थियो । 

 

प्रतिवेदन निर्माणका क्रममा गरिएको अध्ययनले सामरी स्वास्थ्य चौकी १० देखि ५ बजेसम्म सञ्चालनमा आएको, तुप्चे स्वास्थ्य चौकीमा अहेब रिक्त र समुन्द्रटार स्वास्थ्य चौकीमा अनमी स्थानीय तहले नियुक्ति गरेको, ककनी स्वास्थ्य चौकीमा विद्युतीय हाजिर शुरु भएको उल्लेख छ । 

प्रतिवेदनमा औँल्याइएका पक्षलाई सुधार गर्न समन्वय गर्ने समितिका संयोजक एवं जिसस प्रमुख तामाङले बताए । 

 

प्रतिवेदनमा तलाखु स्वास्थ्य चौकीको सेवा भने उत्कृष्ट रहेको उल्लेख छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने स्वास्थ्य चौकी भएर पनि त्यहाँबाट १० देखि ५ बजेसम्म सेवा प्रवाह भएको, पुनः निर्माण हुन बाँकी भएकाले जस्ताको भवनमा सञ्चालन भए पनि बिरामी तथा सुत्केरी जाँच गर्ने छुट्टै कोठा रहेको, टेलिफोनबाट समेत सेवा दिने गरेको र सुत्केरीलाई घरमै भेट्न स्वास्थ्यकर्मी पुग्ने गरेको उल्लेख छ । 

 

नुवाकोटमा ६४ वटा स्वास्थ्य चौकीमध्ये ‘नमूनाको आधार’मा यो आवमा ३५ वटाको सामाजिक परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 3 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 4 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 4 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।