हाथरस बलात्कार केशः अदालतले दोषीलाई सुनायो फाँसीको सजाय

Norvic Hospital
सांकेतिक तस्बिर

एजेन्सी । हाथरसको एक विशेष पोक्सो अदालतले दुई वर्ष अगाडि १३ वर्षकी बालिकालाई बलात्कार गरी जिउँदै जलाएर हत्या गरेको केशमा मृत्युदण्डको सजाय सुनाएको छ ।

 

पोक्सो कोर्टका विेशेष न्यायाधिशले बिहिबार मोनु ठाकुर नाम गरेका आरोपीलाई मृत्युदण्डको फैसला सुनाएको हो । साथै १।६८ लाख रुपैयाँको जुर्माना तिर्न समेत आदेश दिइएको छ ।

 

१७ जनाको न्यायधीशको टोलीले उक्त फैसला सुनाएको हो । सन् २०१९ अप्रिल १५ मा ती नाबालिका आफ्नो घरमा हजुरआमासँग थिइन् । उक्त गाउँका २६ वर्षिय ठाकुरले घरमा पशी नाबालिकाको बलात्कार गरी जिउँदै जलाउने प्रयास गरेका थिए ।

 

अलीगढको जवारलाल नेहरु मेडिकल कलेजमा तत्कालिन अतिरिक्त सिटी मजिस्ट्रेटको समक्ष तीन बालिकाले बयान दिएकी थिइन् । छतमा खाना पकाइरहेको अवस्थामा ठाकुर घरमा आएका थिए ।

 

राति करिब १० बजे घरमा दाखिल भएको र दुष्कर्म गरेको बयान उनले दिएकी थिइन् । हजुरआमा बचाउन आएकी थिइन् तर ठाकुरले धक्का दिएर लडाएका थिए । बलात्कारपछि मट्टितेल हाली जलाउने प्रयास गरेका थिए । १५ दिनसम्म अस्पतालमा जीवनमरणको अवस्थामा रहेकी उनको १ मेमा मृत्यु भएको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 4 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 4 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 4 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।