हजुरबुबा सिकिस्त बिरामी परेपछि युके फर्कने तयारीमा राजकुमार ह्यारी

  • सोमबार, १० फागुन, २०७७
  • 3 days ago
  • युके

लण्डन । राजकुमार ह्यारी एलएमा नै अड्कीएका छन् । उनका हजुरबुबा राजकुमार फिलिपको पाँच दिनदेखि  युकेको एक अस्पतालमा उपचार भइराखेको छ । 

 

उनले आफ्नो हजुरबुबाको जानकारी लिइरहेको बताइएको छ । कोरोनाका कारण उनलाई युके फर्कन असहज भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार राजकुमार ह्यारीले महारानी एलिजाबेथलाई लगातार फोन गरेर आफ्नो ९९ वर्षे हजुरबुबाबारे जानकारी लिइरहेका छन् । 

 

गएको हप्ता उनले फिलिपको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मंगलबार एकाएक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

 

उनको उपचारमा खटिएका चिकित्सकहरुका अनुसार फिलिप अझै एक हप्ता अस्पतालमा नै बस्नुपर्छ । राजकुमार ह्यारी युके फर्कने योजनामा रहेका छन् । उनी र उनको परिवार एलए म्यानसनमा बस्दै आइरहेका छन् । मिररका अनुसार प्राइभेट जेटमा उनी युके फर्कने योजनामा रहेका छन् । 

 

युके प्रवेश गर्नु अघि अमेरिकामै उनको कोरोना परीक्षण हुने र युके पुगेपछि पनि कोरोना परिक्षण हुने बताइएको छ । 

रिपोर्टका अनुसार फिलिपको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छैन । त्यसकारण पनि ह्यारी युके फर्कन लागेको बताइएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 1 hour ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 2 hours ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।