एक खतरनाक ह्याकर जसले विश्व हल्लाए
- आइतबार, ७ असोज, २०७५
- 2 years ago
- विचित्र विश्व

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।
यी २७ वर्षिय अल्जेरियन कम्प्युटर साइन्स ग्राजुयटले एक कम्प्युटर भाइरसको प्रयोगबाट २०० भन्दा धेरै अमेरिकी बैंकहरुको करोडौं डलर चोरेर प्यालेष्टाइनका च्यारिटीहरुलाई दान गरेका थिए ।
बेन्डेलाज बैंकिङ ट्रोजन हर्स ‘स्पाइआइ’नामको भाइरसको निर्माता हुन् । उक्त मालवेयर किटले सन् २००९ देखि २०११ सम्म धेरै तहल्का पिटेको थियो ।
सन फ्रान्सिस्कोमा आधारित प्रविधि म्यागेजिन ‘वायर्ड’को अनुसार उक्त भाइरसले अमेरिका लगाएत अन्य ठाँउका १४ लाखभन्दा बढि कम्प्युटरमा क्षति पुर्याएकोे थियो । उक्त सफ्टवेयरले प्रयोगकर्ताहरुलाई अनलाइन फाइनान्सियल एकाउन्टहरुबाट सूचनाहरु चोर्न मद्धत गथ्र्यो र त्यसपछि उनीहरुले ति सूचनाको मद्धतले बैंकबाट पैसा चोर्ने गर्थे ।
बेन्डेलिजलाई अनलाइन विश्वमा ह्याकर ‘बिएक्सवान’ नामले चिनिन्थ्यो र उनको पहिचान गर्न अमेरिकालाई दुई वर्ष लाग्यो । त्यस अवधीमा उनले २१८ बंैकबाट २८० मिलियन डलर भन्दा धेरै रकम चोरिसकेका थिए ।
सन् २०१३ मा मलेसियाबाट अल्जेरिया जाँदै गर्दा थाइल्याण्डमा ट्रान्जिट पर्दा बैंककको विमानस्थलबाट पक्राउ गरियो र अमेरिका पठाइयो । उनलाई पक्राउ गरेर हिरासतमा लादै गर्दा बैंककको सुवर्ण भूमी विमान स्थलमा खिचिएको फोटोमा उनी मुस्कुराइ रहेका थिए त्यसैले उनलाई सबैले ‘ह्याप्पी ह्याकर’ नाम दिए ।
उनको खोजी गरिरहेका अमेरिकी कानुनी अधिकारीहरुले बेन्डेलाजलाई तब मात्रै पहिचान गरे जति बेला उनले स्पाइ आइभाइरसको एक कपी अमेरिकी अन्डर कभर अफिसरलाई ८५०० डलरमा बेचेका थिए ।
अल्जेरियाको टिजी ओजोउ माजन्मिएका बेन्डेलिजलेलाई अमेरिकी अदालतले ६५ वर्षको जेल र २४ मिलियन डलर जरिवाना तिराउने माग सहित २३ वटा मुद्धा दायर गरेको थियो ।
‘बेन्डेलाजको आपराधिक कार्यहरु अन्तराष्ट्रिय सिमाहरु पार गरेर पिडितका घर घरमा पुगेको छ’ अमेरिकी वकिल सेलीक्वुलियन येट्सले सन् २०१३ मा उनलाई पक्राउ गरेपछि भनेका थिए । उनलाई विभिन्न आरोपहरु लगाएको थियो । साइबर नेदर वल्र्डमा उनले वित्तिय र व्यक्तिगत सूचनाहरुको होलसेल चोरीलाई व्यावसायीक बनाएका थिए ।
कोर्टका प्रतिवेदनहरुका अनुसार बेन्डेलाज र उनको सञ्जालका अन्यले स्पाइआइसका भाइरस विकास, बजारीकरण र बिक्री गरेका थिए । उनीसँग भाइरस किनेपछि प्रयोगकर्ताले सजिलै कसैको पासवर्ड, युजरनेमहरु पत्ता लगाउन र क्रेडिट कार्डको सूचना पत्ता लगाउन सक्थे । अमेरिकी अधिकारीहरुका अनुसार उनले ‘स्पाइआइ’भाइरसलाई डारकोड नामको कम्प्युटर ह्याकिङ फोरममा विज्ञापन गरेका थिए ।
अमेरिकी अधिकारीहरुका अनुसार बेन्डेलाज र अन्य स्पाइआइ प्रयोगकर्ताहरु ले ठूलो सञ्जाल बनाएका थिए र उनीहरुले नियमित रुपमा आक्रमण गरेर वित्तिय र व्यक्तिगत सूचनाहरु चोर्ने गरेका थिए ।
उनले पैसाहरु कसरी खर्च गरे भन्ने बारे अदालतको प्रतिवेदनले केही नखुलाए पनि विभिन्न रिपोर्टहरुकाअनुसार बेन्डेलाजले पैसा प्यालेस्टाइनका च्यारिटीहरुलाई दानगर्ने गरेका थिए जुन सुचनाले उनलाई धेरै मानिसको नजरमा हिरो बनाइदियो ।अल्जेरिया र प्यालेष्टाइनमा उनको धेरै समर्थकहरु रहेका छन् ।
मृत्युदण्ड को हल्ला
उनलाई पक्राउ गरेपछि नै मृत्युदण्ड दिनुपर्ने हल्लाहरु आएका थिए तर उनका समर्थकहरुले उनलाई मृत्युदण्ड दिन नहुने बताएका थिए ।
एक ट्विटर प्रयोगकर्ताले लेखेका थिए‘अल्जेरियाका हिरो विश्वका दश खतरनाक ह्याकरमध्ये एक हुन् । उनले २१७ बैंक ह्याक गरे र लाखौं डलर प्यालेस्टाइन पठाए तर उनलाई मृत्युदण्ड ?’
तर अमेरिकी अधिकारीहरुले भने उनलाई मृत्युदण्ड नहुने त्यतिबेलै प्रष्ट पारेका थिए ।
उनलाई मृत्युदण्ड दिन लागिएको हल्लालाई मत्थर गर्नको लागि सन् २०१३ मै अल्जेरियाका लागि अमेरिकी राजदुतजोन पोलस्चिकले ट्विट गरेका थिए । ‘कम्प्युटर क्राइमलाई अत्यन्त ठूलो अपराध मानिदैन त्यसैले उनलाई मृत्युदण्ड भने हुदैँन्’।
बेन्डेलाजमात्रै होइन ह्याकिङमा संलग्न अन्य एक दर्जन व्यक्तिहरुलाई पनि मुद्धा दायर गरिएको अधिकारीहरुले बताएका थिए । बेन्डेलाजले आफ्नो अपराध स्विकार गरिसकेपछि पनि उनका समर्थकहरुले विभिन्न वेवसाइटहरु ह्याक गरेर हाज्मा बेन्डेलाजलाई रिहा गर्नुपर्ने र प्यालेस्टाइन स्वतन्त्रगर्न माग राखेका थिए ।
सन् २०१५ को जुलाईमा उनले आफ्नो अपराध स्विकार गरेपछि अमेरिकी अदालतले उनलाई १५ वर्षको जेल सजाँय तोकेको थियो । तर, सन् २०१६ मा सामाजिक सञ्जालहरुमा उनलाई मृत्युदण्ड दिइएको र उनले हाँसीहाँसी फाँसीमा झुन्डिएको भन्दै केही तस्वीरहरु भाइरल भएका थिए।
त्यसपछि विभिन्न सञ्चारमाध्यमहरुले उनलाई मृत्युदण्ड नदिइएको र उनी जेलमै रहेको पुष्टी गरेकाथिए । –एजेन्सीहरुको सहयोगमा
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल
- 11 minutes ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह
- 23 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो
- 1 hour ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।