हाम्रो पात्रोमा न्युज पर्सनलाइजेसन गर्न मिल्ले सुविधा उपलब्ध

काठमाडौँ । ‘हाम्रो पात्रो’ एपमा न्युज पर्सनलाइजेसन अर्थात् आफूलाई मनपरेका विश्वस्निय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

 

अबको केही दिनमा आईफोन प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुरुपका समाचारहरु तयार पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

 

एपको समाचार खण्डमा ‘फर यु’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको क्याटेगरी रोज्न सक्नेछन् । 

 

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ । एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन् ।

 

समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो । 

 

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

 

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन ?

 

  • हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्ने । 
  • अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्ने । 
  • यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ । 
  • यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्ने ।
  • अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्ने । 
  • त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देखिनेछ, त्यसमा दबाउने ।
  • हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्ने ।
  • लग इन गरेसँगै तपाईंले अब प्लस चिन्ह देखिनेछ, त्यसमा दबाउने । 
  • अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देखिनेछ । 

 

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्ने। अब त्यहाँ विभिन्न न्युज पोर्टलहरु देख्न सकिनेछ । जसबाट कुन कुन न्युजपोर्टलको समाचार पढ्न रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउने ।  

 

यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् । यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 8 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 9 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 9 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।