‘हल अफ फेम सिजन २’ को चौथो एपिसोडमा ११ जनाको अडिसन

सिड्नी । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रशारण भएको छ । नेपाली समय अनुसार शनिवार राति ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाएका छन् ।

 

मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन् ।

 

रियालीटी शो भन्ने बित्तिकै रंगिन स्टेज, झकिझकाउ माहौल र चम्किला लाइट्सहरुको एकतमासको प्रदर्शनका रुपमा बुझ्ने धारणा विश्वभरि रहेको छ । यद्धपी हल अफ फेम एउटा यस्तो सरल र विशुद्ध रियालीटी शो हो जहाँ निर्णायकहरु र प्रतिस्पर्धीहरु दुबै आआफ्नै घरवाट सहभागी हुन्छन् । अत्यन्त सरल तर उत्साहप्रद यस रियालीटी शो मा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको सञ्चालनले चौतर्फी प्रशंसा कमाइरहेको छ । 

 

वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा हुनुहुन्छ । ३ पुस्ताका यी ३ निर्णायकहरुको मुल्याकंन अनि विचारले यस शो लाई थप रौनक प्रदान गरेको छ ।

 

भर्चुअल्ली अडिशन लिइने यस रियालीटी शो मा ३ जना निर्णयकहरुले अडिशन हेरिसकेपछि आआफ्ना कमेन्टका आधारमा कूल १० अकंमा प्रतिस्पर्धीहरुको गायकीलाई अकं प्रदान गर्नुहुन्छ । यिनै अकंका आधारमा उक्त प्रतिस्पर्धीको हल हफ फेमको आगामी यात्रा तय गरिन्छ । 

 

दर्जनभन्दा धेरै देशमा रहेका नेपालीहरुले उत्साहपूर्ण सहभागीता जनाएका यस गायन रियालीटी शो हल अफ फेमले विश्वभरि छरिएर रहेका नेपाली गायन ट्यालेन्टहरुलाई एउटा साझा थलो प्रदान गरेको छ । मोरङ्ग देखि मलवर्नसम्मका नेपाली गायकीहरुलाई एउटा सुत्रमा बाँध्न र शोकेस गर्न सफल यस कार्यक्रममा पुराना तथा नयाँ नेपाली गीतहरु र गायकीहरु हेर्न सकिन्छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

  • 6 minutes ago
अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

एजेन्सी । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

  • 18 minutes ago
दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

एजेन्सी । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु

  • 21 minutes ago
बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु

लण्डन । कोरोना संक्रमणको कारण बेलायतमा एक नेपालीको निधन भएको छ । नेपालको चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित यूकेको फेल्टाममा बसोबास गर्दै आएका ५९ वर्षीय कृष्णबहादुर गुरुङको निधन भएको हो ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।