गुरुङ फिल्म 'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

Norvic Hospital
  • बुधबार, १६ जेष्ठ, २०७५
  • 3 years ago
  • युके

दिनेश कुमार, लण्डन ।   गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर निर्मित गुरुङ फिल्म  'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन गरिएको छ । १३ मे आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो । 

 

 

तमु पेल्यु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुंग , तमु धींका युके अध्यक्ष ज्ञाम गुरुंग , पैंयु खोला तमु समाज युकेका वरिष्ठ सल्लाहकारहरु मेजर ईन्द्र प्रसाद गुरुंग र क्याप्टेन डेम बहादुर गुरुंग , बाच्छाली तमु परिवार युकेका सल्लाहकार क्याप्टेन भुवन सिंह गुरुंगले संयुक्त रुपमा फिल्म प्रदर्शनीको उद्घाटन गरेका थिए । 

 

 

कार्यक्रममा गुरुंगको साथै अन्य समुदायको दर्शकहरुको समेत उल्लेख्य सहभागिता थियो । फिल्मलाई अन्य भाषीहरुले हेर्न सकिने गरि नेपालीमा सबटाईटल राखिएको छ । 

 

पर्वतको बिहादी गाउंपालिकाको बाच्छा गाउं , देउराली र  केही सिन पोखरामा छायांकन गरिएको उक्त फिल्म गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित रहेको फिल्मका निर्माता हुम गुरुगंले बताए । 

 

फिल्ममा दर्शन गुरुङ, सिमरन गुरुङ, खेमराज घले, तीव्रता गुरुङ, प्रीति गुरुङल गायतले अभिनय गरेका छन् । कमल गुरुङ र हुमबहादुर गुरुङको कथामा मनोज गुरुङले लेखन दिर्नेशन गरी फिल्म तयार पारेका हुन् । मुक्तिमनोज फिल्मको तेस्रो प्रस्तुतिको फिल्म ‘शिरमाह्रानी’  मनोज गुरुङ र हुमबहादुर गुरुङको गीतमा मनोज आफैंले संगीत भरेका छन् ।

 

फिल्मलाई खिमबहादुर गुरुङले छायांकन गरेका छन् । ३ वटा गीत समेटिएको फिल्ममा ‘ङला ङोल्स्यो शिरमाह्रानी’ बोलको गीत अहिले गुरुङ समुदायमा चर्चित छ । 

 

फिल्म नेपाल अमेरिका दुवई , अष्टेलिया , मलेशिया , कोरिया र युरोपमा समेत प्रदर्शनको तयारी छ । 

हेरौ भिडियो :

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।