अल्डरसटबाट १ सातादेखि बेपत्ता बृद्ध गोर्खा अझै भेटिएनन्

  • बिहीबार, २८ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । बेलायतको अल्डरसटबाट १ साताभन्दा बढि समयदेखि हराइरहेका एक बृद्ध भूपू गोर्खा अहिलेसम्म पनि फेला पर्न सकेका छैनन् । 

 

गत जुलाई ४ तारिख बुधबारका दिनदेखि बेपत्ता ७४ वर्षीय धनपति राईको अवस्थाबारे १ साता भन्दा लामो समयसम्म पनि कुनै जानकारी भेटिएको छैन । 

 

स्थानीय ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्वासेले स्थानीय नेपाली समुदाय र आफ्नो संस्थासंगको सहकार्यमा प्रहरीले बेपत्ता राईको तिब्र खोजी गरिरहेको जानकारी दिए । अध्यक्ष बेल्वासेका अनुसार प्रहरीले बेपत्ता राईको खोजीका लागि तालिमप्राप्त कुकुरहरुदेखि हेलिकोप्टर समेत प्रयोग गरिसकेको छ । राई जान सक्ने सम्भावित ठाउंहरुको आंकलन गरी ती सबै ठाउंहरुमा खोजी अभियान चलाइएपनि अहिलेसम्म उनको अवस्था अज्ञात नै रहेको छ । 

 

गत जुलाई ४ तारिख बुधबार बिहान ७ बजे अल्डरसटको किङ्ग्स रोडमा अन्तिम पटक देखिएका राई त्यसयता पूरै सम्पर्कविहिन छन् । यसअघि कहिल्यै पनि उनी घरपरिवार तथा साथीभाइहरुबाट पूरै सम्पर्कविहिन भएर बसेको कुनै रेकर्ड नरहेको बताइएको छ ।

 

परिवारका अनुसार स्वास्थ्यका हिसाबले पनि खासै ठूलो समस्या नरहेका राईले अंग्रेजी भने निकै थोरै मात्रै बोल्न जानेका थिए । राईकी श्रीमती मनमाया अहिले अल्डरसटमै छन् भने उनका छोराछोरीहरु नेपालमा छन् । 

 

प्रहरीका डिटेक्टिभ इन्सपेक्टर लि म्याककेलनले बेपत्ता भएको १ सातासम्म लगातार खोजी गर्दा पनि राई नभेटेएिपछि आफुहरुलाई उनको अवस्थाबारे थप चासो बढेको बताएका छन् । उनको खोजीका लागि प्रहरीले बृहत अभियान नै सञ्चालन गरेको जानकारी दिदै इन्सपेक्टर म्याकलेननले बेपत्ता राईको खोजीमा सहयोग गर्न र उनलाई भेटेमा तत्काल प्रहरीलाई सुचना दिन स्थानीय समुदायलाई आग्रह गरेका छन् । 

 

राईले विगतमा अल्डरसटको टाउन एरिया भन्दा बाहिर क्याइसर क्याप्म क्षेत्र तथा वेलिङटन स्टाच्यु क्षेत्र आसपासमा हिडडुल गर्न रुचाउने गरेको भन्दै प्रहरीले ती क्षेत्रमा जानेहरुले उनलाई देखेको अवस्थामा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । राईलाई देखेमा वा उनीबारे कुनै जानकारी पाएमा प्रहरीलाई 101 नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको स्वास्थ्यावस्था ?

  • 52 seconds ago
कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको  स्वास्थ्यावस्था ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ ।

प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

  • 9 minutes ago
प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कास्की । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले फागुन १७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

  • 18 minutes ago
साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएपछि पहिलो



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।