आर्सनलद्वारा गनेसौरस बर्खास्त, फिर्ता ल्याउन समर्थकले आर्थिक संकलन सुरु गरे

  • मंगलबार, २० असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । इंग्लिस क्लब आर्सनलले २७ वर्षदेखि क्लबमा काम गर्दै आएका जेरी क्वाई उर्फ गनेसौरसलाई बर्खास्त गरेको छ । सन् १९९३ देखि क्लबको डाइनोसर मास्कट लगाउँदै आएका गनेसौरसलाई बर्खास्त गरेको हो ।

 

कोरोनाभाइरसको महामारीको कारण क्लबमा आर्थिक समस्या देखिन थालेपछि क्लबले उनीसहित ५५ जना कर्मचारीलाई बर्खास्त गरेको छ । समर्थकहरुबाट आउने आम्दानीमा ह्रास आएपछि क्लबले एतिहासिक मास्कटमा प्रस्तुत हुने गनेसौरसलाई पनि क्लबबाट बिदा गरेको हो ।

 

क्लबले गनेसौरसलाई पनि बिदा गरेपछि आर्सनल समर्थक भने रुष्ट बनेका छन् । लामो समयदेखि क्लबको परिचय बनेको गनेसौरसलाई बिदा गर्नु उपयुक्त नभएको समर्थकहरुको टिप्पणी छ । त्यस्तै, आर्सनलका पूर्व खेलाडीहरु, टेलिभिजन कार्यक्रम प्रस्तोताहरुले भने क्लबको निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

 

 

कतिपय समर्थकहरुले भने गनेसौरसलाई फिर्ता ल्याउनको लागि ‘गो फण्ड मी’मार्फत आर्थिक संकलन सुरु गरेका छन् । रकम संकलन भएपछि क्लबको परिचय बोकेको गनेसौरसलाई फिर्ता ल्याउने अभियान चलाइएको हो ।

 

बिभिन्न व्यक्तिहरुले सुरु गरेको आर्थिक संकलन अभियानमार्फत हालसम्म दशौं हजार पाउण्ड संकलन भइसकेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 7 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 7 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।