गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान
- शुक्रबार, १६ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
गान्धीनगर, गुजरात। भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार सम्पन्न निर्वाचनमा ६० दशमलव ४७ प्रतिशत मत खसेको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा नर्मदा जिल्लामा सबैभन्दा बढी ७३.०२ प्रतिशत मत खसेको छ भने तापीमा ७२.३२ प्रतिशत मत खसेको छ। तेस्रो सबैभन्दा बढी मतदान मोरबी (६७.६५) मा भएको थियो भने सबैभन्दा कम परबानपुरमा ५३.८४ प्रतिशत मत खसेको छ।
गुजरातको बिहीबारको मतदानपछि १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रका ७८८ उम्मेदवारको भाग्य मतपेटिकाभित्र कैँद भएको छ।
मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक रहेका छन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका छन्। आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन्। यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन्।
कूल १४ हजार ३८२ मतदान केन्द्रमध्ये शहरी क्षेत्रमा तीन हजार ३११ र ग्रामीण क्षेत्रमा ११ हजार ७१ मतदान केन्द्र रहेका थिए।
यहाँका प्रमुख दलका प्रभावशाली नेतामध्ये गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडियाबाट, आपका मुख्यमन्त्रीका उम्मेदवार इसुदन गढवी खम्भलियाबाट, पूर्व काङ्ग्रेस नेता तथा भाजपाका हार्दिक पटेल विरमगामबाट प्रतिस्पर्धा गरिरहनुभएको छ भने पूर्व काङ्ग्रेस नेता तथा भाजपाका उम्मेदवार अल्पेश ठाकोर गान्धीनगर दक्षिणबाट चुनावी मैदानमा उत्रिएका छन्।
पहिलो चरणमा एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष र एक करोड १५ लाख लाख ४२ हजार ८११ महिला मतदाता रहेका थिए। दोस्रो चरणको मतदान डिसेम्बर ५ मा हुनेछ भने परिणाम हिमाचल प्रदेशको चुनावसँगै डिसेम्बर ८ मा घोषणा गरिनेछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?
- 7 minutes ago

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।
प्रेमप्रसाद आत्मदाह प्रकरण – प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लियो
- 10 minutes ago

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए
- 17 minutes ago

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।