विश्वकपमा समूह ‘एफ’बाट मेक्सीको, जमर्नी र स्विडेनमध्ये कुन राष्ट्र बाहिरिएला ? (प्रिभ्यु)

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा आज दक्षिण कोरिया र डिफेन्डिङ च्याम्पियन जर्मनी तथा मेक्सीको र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’का यी राष्ट्रहरुमध्ये कोरिया बाहिरिने निश्चित रहेको छ भने मेक्सीकोको ६ अंक, जर्मनी ३ अंक तथा स्विड्नको ३ अंक रहेको कारणले गर्दा तीन वटै राष्ट्रको सम्भावना समान रहेको छ । भने कोरिया पनि सान्त्वना जितको खोजीमा हुनेछ त्यसैले दुवै खेल रोमाञ्चक हुने निश्चित रहेको छ । 

 

अंक तालिका

 

 

कोरियाविरुद्ध जर्मनी

– सन् १९९४ तथा २००२ का विश्वकपमा यी दुई राष्ट्रहरुबीच खेल हुँदा जमर्नी विजयी भएको थियो । 

– यी दुई राष्ट्रहरुबीच पछिल्लो पटक विश्वकपमा सन् २००२ को कोरिया–जापान विश्वकपमा भएको थियो । सेमिफाइनको खेलमा जमर्नीले आयोजक राष्ट्रलाई १–० गोलले पराजित गरेको थियो । 

– सन् २००४ मा भएको मैत्रिपूर्ण खेलमा दक्षिण कोरियले जमर्नीलाई ३–० गोलले पराजित गरेको थियो । 

– जमर्नीले एशियन राष्ट्रसँग खेलेको पछिल्लो ५ विश्वकपमा विजय हासिल गरेको छ । उक्त खेलहरुमा १९ गोल पनि हानेको छ । 

– साउथ कोरियाले लगातार ४ वटा विश्वकपको खेलमा हार व्यहोरेको छ । 

 

मेक्सीविरूद्ध स्विडेन

 

त्यस्तै, आज कोरिया र जमर्नीबचको खेल हुने समयमा नै अर्को दुई राष्ट्रहरु मेक्सीको र स्विडेन भिडदैछन् ।  मेक्सीको बराबरीमा रोकिए पनि अघिल्लो चरण प्रवेशको ढोका खुल्नेछ भने स्विडेनलाई जित नै आवश्यक छ । 

– मेक्सीको र स्विडेन हालसम्म ९ पटक खेल खेलेका छन् तर, १ पटक मात्रै विश्वकपमा यी दुई राष्ट्रको प्रतिस्पर्धा भएको छ । जसमा स्विडेन ३–० गोलले विजयी भएको छ । 

– यी दुई राष्ट्रबीचको अन्तिम ५ भेटमा मेक्सीकोले मात्र १ खेलमा हार व्यहोरेको छ भने २ खेलमा जित तथा २ खेलमा हार व्यहोरेको छ । 

– स्विडेनले कोन्काकाफ राष्ट्रसँगको ४ भिडन्तमध्ये ३ खेलमा क्लिन सिट राखेको छ । 

– मेक्सीकोले हालसम्म विश्वकपमा लगातार ३ खेलमा जित निकाल्न सकेको छैन । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

  • 6 minutes ago
भारतमा  बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • 9 minutes ago
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

  • 12 minutes ago
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बना



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।