ग्रीनविच मेयरद्वारा उलविच कोभिड एनएचएस भ्याक्सिनेसन साइटको भ्रमण

  • आइतबार, १९ बैशाख, २०७८
  • 1 week ago
  • युके

लण्डन । ग्रीनविचकी मेयर लिण्डा वर्डले काउन्सिल लिडर ड्यानी थोर्पे सहित विलविच नाइट फार्मेसीको भ्रमण गरेकी छन् । गत २१ जनवरीदेखि उलविच फार्मेसी आधिकारिक कोभिड भ्यासिनेशन साइट हो । 

 

उलविच फार्मेसी नाइट फार्मेसी ग्रीनविचको पहिलो फार्मेसी हो जसलाई एचएचएस इंग्ल्याण्डको एनएचएस कोभिड खोप कार्यक्रमका लागि स्वीकृति दिएको थियो । साउथ इस्ट लण्डनमा यस फार्मेसीले आम मानिसलाई सहयोग पुर्याउन र खोप प्रदान गर्ने प्रयासमा सफलता प्राप्त भएको छ । फार्मेसीमा तीन जना सिनियर फर्मासिष्ट खोपकर्ताका रुपमा काम गर्दै आइरहेका छन् । साथै एक प्रशासकिय टोली र दुई जना स्वयंसेवकहरु पारदर्शी रुपमा साइटको कामलाई अगाडि बढाइरहेका छन् । 

फार्मेसीले गत फ्रेबअरी महिनामा पाएको सफलताप्रति मेयर लिण्डाले खुसी व्यक्त गरेकी थिइन् । उनले अध्यक्ष राजन कँडेल र सिनियर क्लिनिकल फर्मासिष्ट शोभा शर्मासँग भिडियो कलमार्फत कुराकानी गरेकी थिइन् ।    

 

उक्त कुराकानीमा उनले कोभिड १९ खोप कार्यक्रमलाई लिएर फार्मेसीले गरेको कामप्रति उनले चासो देखाएकी थिइन् भने ग्रीनवीचका मानिसहरुलाई सुरक्षित रुपमा कोरोना भ्याक्सिन उपलब्ध गराएकोमा प्रशंसा समेत गरेकी थिइन् । उनले कुराकानीका क्रममा बामे समुदायमा कोरोना खोप कार्यक्रमप्रति जनचेतना जगाउने कार्यक्रम र फार्मेसीबाट पाउने सहयोगप्रति उत्साहित भएको बताएकी थिइन् । 

 

प्रतिबन्धहरु खुकुलो भएसँगै यो साता प्रत्यक्ष रुपमा नै टोलीलाई भेट्न पाउँदा उनले खुसी व्यक्त गरेकी छन् । मेयर लिण्डा र काउन्सिलका लिडर दुवैले साउथ इस्ट लण्डनमा फार्मेसीले गर्दै आइरहेको कामको तारिफ समेत गरे । 

मेयरले फार्मेसीको लागि उनको समर्थनलाई पुष्टि गर्दै टिमलाई आश्वासन दिइन् । उनले धेरै व्यक्तिहरुलाई कोरोनाको खोप बुकिंग गर्न प्रोत्साहित गर्ने बताइन् । उनले एनएचएस अधिकारीहरुसँग कुराकानी गर्दै उलविच नाइट फार्मेसीले भ्याक्सिनको राम्रो आपूर्ति गर्नेमा समेत विश्वास दिलाइन् । 

उनको भ्रमण ठूलो सफलता रहेको फार्मेसी सिनियर क्लिनिकल फर्माशिष्ठ शर्माले बताइन् । टोलीले एक उज्ज्वल बढावाका रूपमा सेवा गरेको उनले जिकिर गरिन् । उनले समुदायको रक्षाका लागि आफ्नो अभियानमा अगाडि बढ्न पहिलेभन्दा बढी उत्प्रेरित महसुस गरेकाे बताइन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।