बेलायतमा कोरोना खोप कार्यक्रमः ग्रिनविचकी मेयरद्वारा उलविच लेट नाइट फार्मेसीको तारिफ

  • मंगलबार, ११ फागुन, २०७७
  • 2 days ago
  • युके

लण्डन । ग्रिनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलता पुर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ । 

 

हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल साथै वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो । उक्त जुम मिटिङमा मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड १९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन् । उनले कोभिड १९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपुर्ण स्रोत भएको जिकिर गरिन् ।

 

फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास रहेको उनले बताइन् । उनीहरुले उत्कृष्ट सेवा प्रदायक हुन् र सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले तारिफ गरिन् । 

 

 

महामारीको समयमा लगातार खटिएर स्वाथ्य सेवा प्रदान गर्न कडा परिश्रम गरिरहेका र ग्रीनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पुर्ण टिमको प्रशंसा गरेकी छन् ।

 

त्यस्तै मेयर बर्डले आफु बेम समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप (उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसन) बारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन् । एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन् र नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन् । 

 

उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन् । पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए । 

 

उलविच लेट नाइट फार्मेसी ग्रीनवीचमा पहिलो फार्मेसी हो जसलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो । साथै लण्डनमा १५ मध्ये एक मात्र हो । 

 

टोलीले अब यो अनुभव ग्रीनविचमा रहेको अर्को फार्मेसी आधारित कोभिड खोप केन्द्रको लागि प्रयोग गर्ने योजना बनाएको छ । टोलीले मेयरसँग यस क्षेत्रमा प्रावधान विस्तार गर्ने उनीहरुको भावी योजनाहरु साझेदारी गर्दै आफुहरु उक्त कुरामा पुर्ण सहयोगी रहेको पुष्टि गरेको छ । उनीहरुलाई शुभकामना दिएकी छन् । मेयर बर्डले अन्तिममा समुदायको सहयोगमा खटिएकोमा र खोप नीतिलाई सफलता पुर्वक अगाडि बढाइरहेकोमा धन्यवाद दिइन् । 

 

 

 

 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 1 hour ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 2 hours ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।