गोरखा सदरमुकाममा चोरीका घटना बढ्दो, प्रहरी निरिह

गोरखा । गोरखा सदरमुकाममा केहि हप्ता यता चोरीका घटना बढ्दो छ । बजार क्षेत्रको मुख्य चोक चोकका पसलहरुबाटै चोरीका घटना हुदा प्रहरी प्रशासन भने मौन देखिएको छ । गत हप्ता मात्रै आयुर्वेदचोकमा रहेको आर बि खुद्रा तथा थोक बिक्रेताबाट चोरी हुदा यो हप्ता भने मदिरा बसपार्कमा रहेको नमस्ते मोवाइल मर्मत तथा बिक्रि केन्द्र चोरको निसानामा परेको छ ।

 

मोबाइल पसलमा रहेको सिसिक्यामेराको फुटेजका आधारमा चोरी शनिबार बिहान ४ बजे भएको देखिन्छ । मोवाइल पसलमा दुइ जनाको समुहले चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘भिडियो फुटेज हेर्दा घटना बिहान ४ बजेको रहेछ, तराइ मुलका जस्ता देखिने २ जनाले घटना घटाएको देखिन्छ’ डिएसपी महेन्द्र नेपालले भने ‘उनिहरु मोटरसाइकलमा आएका रहेछन्’

 

बसपार्क क्षेत्रमा प्रहरीे २४ सै घण्टा डिउटीमा रहने भएपनि चोरले प्रहरीलाई छक्काउदै पसल चोरी गरेर भाग्न सफल भएको छ । यसरी प्रहरी कै अगाडीबाट चोरीका घटना हुदा प्रहरी भने निरिह बनेको छ । प्रहरीले हालसम्म एक हप्ता अघि मदिरा पसलबाट चोरी गर्ने चोरको सुइको समेत पाउन नसक्नु र हप्ता दिनपछि पुनःअर्को घटना घट्नुले सदरमुकामबासी त्रसित बनेका छन् ।

 

प्रहरीका अनुसार गोरखाका घटेका पछिल्ला दुइ घटना र केहि समय अघि तनहुका बिभिन्न स्थानमा भएका घटना एकै प्रकृतिका भएकाले एउटै समुहले घटना घटाएको हुनसक्ने अनुमान लगाएको छ । ‘गोरखाको दुइ घटना र तनहुका केहि घटना उस्तै उस्तै प्रकृतिका छन्, सायद एउटै समुह हो भन्ने हाम्रो अनुमान हो’ डिएसपी नेपालले भने ‘अब तिनिहरुलाई समात्न बिशेष रणनिती बनाएर हामी अघि बढ्दै छौ, सिविलमा प्रहरीहरु खटाएका छौ’

 

शनिबार बिहान बसपार्कको नमस्ते मोबाइलबाट कति सामान लगे भन्ने बारे भने निश्चित नभएको पसलका शिशिर श्रेष्ठले बताएका छन् । ‘हाम्रो अनुमानमा १७–१८ वटा मोबाइल र अरु सामान लगेको देखिन्छ, तर स्टक चेक नगरी यति नै लगे भन्न चाइ सकिदैन’ उनले भने ।

 

 भिडियाे लिंक

https://www.facebook.com/jasuman3/videos/10210188085012528/


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।