सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’को प्रयोग

सांकेतिक तस्बिर

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

 

“सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ”, उनले भने, “प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।” उनले शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको बताए ।

 

क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो । “हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ”, प्रवक्ता थापाले भने, “ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।”

 

उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ । “सवारी जाँचका क्रममा प्रहरीबाटै दुव्र्यहार भएका गुनासा पनि आउँछन्”, उनले भने, “अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।”

 

प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ । “पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो”, थापाले भने, “ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।”


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

  • 2 minutes ago
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।

प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै

  • 7 minutes ago
प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अर्को चरणको आन्दोलनको घोषणा गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे पत्रकार सम्मेलन गरेको उक्त समूहले नयाँ चरणको आन्द

'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'

  • 10 minutes ago
'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'

एजेन्सी । टोटनहमले ठुलो अपेक्षाका साथ रियल मड्रिडबाट स्टार खेलाडी ग्यारेथ बेललाई लोनमा अनुबन्ध गरेको थियो । तर, बेलले हालसम्म पनि सोचेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।