प्रचण्डले ओलीमाथि लगाएका आरोप गलत नभएको कांग्रेस नेता श्रेष्ठको भनाई

पोखरा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । एवं संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठले स्याङ्जाको पुतलीबजार नगरपालिका– १४ स्थित महेन्द्र स्मृति पार्कमा नेविसंघका पूर्वनेता महेन्द्र शाहको शालिक अनावरण गर्दै उक्त कुरा बताएका हुन् ।

 

कार्यक्रममा बोल्दै श्रेष्ठले अनियमितता, भ्रष्टाचार, कुशासन लगायतका कारण प्रधानमन्त्री ओलीलाई एक छिन पनि कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै ठहर गरिसकेकाले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाइसकेको उनको दावी थियो ।

 

नेता श्रेष्ठले प्रचण्डले ओलीमाथि लगाएका आरोप गलत नभएको बताएका छन् । यद्यपी, उनले नेकपाका एउटा अध्यक्ष जाली र अर्का अध्यक्ष महाजाली भएको कारण झण्डै दुई तिहाइको मत ल्याउँदा समेत मुलुकले गति लिन नसकेको आरोप लगाएका छन् ।

 

त्यस्तै, नेता श्रेष्ठले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई सबैको साझा राष्ट्रपति बन्न पनि सुझाव दिएका छन् । पछिल्लो समय राजनीतिमा संलग्न भएको आरोप लाग्न थालेपछि राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

  • 25 minutes ago
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश

प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

  • 54 minutes ago
प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओल

अस्पताल बनाउन निःशुल्क जग्गा

  • 1 hour ago
अस्पताल बनाउन निःशुल्क जग्गा

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।