गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?

Norvic Hospital

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । 

 

उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् । 

 

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ?

 

न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उनको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङ्को मुद्दा परेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दीप्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरु परेका छन् । 

 

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरु रहेका छन् । न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ । 

 

न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्ह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।

 

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा  १९ थान मुद्दा, न्यायाधीशहरु तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ । 

 

त्यस्तै, एकल इजलासहरुमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । 

 

गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?

 

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोलाप्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ । 

 

“गोलाप्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।”

 

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्नुहुन्छ । दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहन्छन् । बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ ।

 

“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–उहाँले थप्नुभयो, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”

 

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । 

 

श्रीलङ्का, युरोपेली मुलुकहरुमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो । 

 

स्वच्छ सुनुवाइको राम्रो अभ्यास होः वरिष्ठ अधिवक्ता डा ज्ञवाली

 

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेसन प्रणाली सुरु नगर्दासम्म गोलाप्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनुवाइ हुन्छ । “प्रधानन्यायाधीशले मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ । विश्वका धेरै मुलुकमा अटोमेसनको अभ्यास छ” उनले भने,“न्यायानधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनबाटै गर्नुपर्ने छ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोलाप्रक्रियाबाट मुद्दाको स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो ।

 

नेपाल बार एसोसिएसनले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत गोलाप्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । यद्यपि, कतिपय बारमा आवद्ध कानून व्यवसायीले पनि गोलाप्रक्रिया नै स्वच्छ सुनुवाइको उचित मार्ग होइन भनेका छन् । 

 

प्रधानन्यायाधीशहरुसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको  यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले आजदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 12 minutes ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 25 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 48 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।