'स्थानीय तहले योजनामा विशेष ध्यान दिनुपर्छ'

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताएका छन् । 

 

उनले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गरे ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सबै स्थानीय तहले ध्यान दिए बजेट र योजना कार्यान्वयनमा सहज हुने बताए । 

 

“विनियोजित बजेट विविध कारणले खर्च नहुँदा कतिपय योजना सम्पन्न भएका छैनन्, यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ” उनले भने । 

 

प्रतिनिधिसभा सदस्य बाँस्कोटाले विकास साझा विषय भएकाले कुनै पार्टी विशेषको नहुने बताए । उनले भने “विकास कुनै पक्ष र विपक्षको हुँदैन, तर केमा कसले कति ध्यान पु¥याउने भन्ने मात्रै हो, जसले विकासको नेतृत्व गर्छ उसलाई जनताले मन पराउनु स्वाभाविक नै हो ।” उनले हाल कुनै पनि योजना बजेट अभावमा नरोकिएको तर कार्यान्वयनमा जटिलता पैदा भएको दोहोर्याए ।

 

नेता बाँस्कोटाले नेकपा ठूलो पार्टी भएकाले प्रतिस्पर्धासहितको सहकार्यको अनिवार्य आवश्यकता औँल्याए । “तर एकले अर्कालाई निषेध गर्छु भनेर जाने हो निषेधको राजनीतिले पार्टी बन्दैन, विचारलाई व्यक्ति एक्लैले रोक्न–छेक्न सक्दैन” उनले भने । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई बाँस्कोटाले सदस्यता प्रदान गरेका थिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।