कोरोना कहरले सुनसान घरबास

file photo

महेन्द्रनगर । छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ । 

 

राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत चैतयता होमस्टेमा पाहुना आवागमन ठप्प रहेको बताए । “अहिले ताल नामक संस्थाको सहयोगमा होमस्टे सञ्चालकले समेत लगानी गरेर नयाँ आठवटा घर बनाए”, उनले भने, “महामारीले गर्दा नयाँ घर त बने तर पाहुना बस्न पाएका छैनन् ।” राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेका बेला अघिल्लो वर्षदेखि आएको महामारीले व्यवसाय नै धराशायी भएको रानाको भनाइ छ । 

 

लकडाउनका बेला होमस्टे सञ्चालकहरू तरकारी खेतीलगायतका खेतीपातीमा व्यस्त रहेका थिए । गत मङ्सिर÷पुस महिनामा होमस्टेमा पाहुनारु आउन थाले पनि कोरोनाको दोस्रो लहर शुरु भएपछि होमस्टे बन्द गर्नुपरेको थियो । राना थारु पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्छ ।

 

त्यसैगरी भीमदत्त–१३ पिपरियामा पनि मगर बस्तीमा होमस्टे सञ्चालनको तयारी भइरहँदा कोरोना कहर आएपछि प्रभावित भएको छ । शुक्लाफाँटा र महाकाली नदीमा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा पर्ने मगर बस्तीमा होमस्टे सञ्चालनमा लकडाउनले समस्या भएको हो । यहाँको कृष्णपुर नगरपालिकाको वाणी र शुक्लाफाँटाको जोनापुरमा सञ्चालनमा रहेका होमस्टे पनि महामारीले गर्दा सञ्चालनमा आउन सकेका छैनन् ।

 

होमस्टे सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा पनि राहत पुगेको नयाँबस्तीका स्थानीय चानुराम रानाले बताए । “पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेषभूषाका बारेमा हामी नयाँ पुस्ताले पनि जानकारी लियौँ”, उनले भने, “गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ, संस्कृति संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।” 

 

होमस्टेमा पाहुनाको चाहनाअनुसार परम्परागत पहिरनमा घंगरीया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बालगायतका पहिरन र वेषभूषा लगाएर युवा÷युवतीले नृत्यसमेत देखाउने गर्छन् । शुक्लाफाँटा–७ सिमलफाँटामा रहेको होमस्टे कोरोना कहरले प्रभावित छ ।

 

“तीन वर्षअघि दातृ निकायको सहयोगमा संरचना बनेर होमस्टे सञ्चालनमा आएका हुन्”, होमस्टे सञ्चालक विन्दु साउदले भनिन्, “प्रायः शुक्लाफाँटा भ्रमणका लागि आउने पाहुना यहाँ आउँथे ।” वडासदस्यसमेत रहेकी साउँदले यहाँ सात वटा घरमा होमस्टे रहेको जानकारी दिइन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 1 hour ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 1 hour ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 1 hour ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।