माघदेखि घान्द्रुक र अन्नपूर्ण आधार शिविर खुला हुने

Norvic Hospital

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ । साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो ।

 

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुला गर्न लागिएको बताइन्छ । सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलाउँदा पर्यटकको आउँजाउँ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले हालसम्म बन्द गरिएकामा आगामी जनवरी १४ देखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गर्ने निर्णय गरिएको समितिका अध्यक्ष किसम गुरुङले बताए ।

 

उनले भने, “लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ । कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धरासायी हुने अवस्था आएपछि सबै खाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णय गरेका हौँ ।” समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको व्यवस्था गरेको छ । 

 

पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरुको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिए । घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउँजाउँ गर्न सक्ने समितिले जनाएको छ । घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् । 

 

छोमरुङ गाउँभन्दा माथि अन्नपूर्ण आधार शिविरसम्म भने स्वदेशी तथा विदेशी पर्यटकलाई पिसिआर अनिवार्य गरिएको छोमरुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनापछि बन्द भएका पर्यटकीय गन्तव्य खुला हुनु सकारात्मक रहेको बताए । गण्डकी प्रदेशमा घान्द्रुकबाहेक अन्य सबै गन्तव्य खुला भइसकेको उनको भनाइ छ । 

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले लामो समय घान्द्रुक नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँदै कोरोनासँग जुध्दै पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्नुको विकल्प नभएको बताए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 15 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 15 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 35 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।