विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

Norvic Hospital
  • सोमबार, १८ आषाढ, २०७५
  • 3 years ago
  • युके

 

लण्डन । आउंदो अगस्टमा बेलायतमा आयोजना हुने विश्व साहित्य सम्मेलनका लागि गठित आयोजक समिति बिस्तार भएको छ । 

 

गतसाता विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरि ५७ सदस्यीय  बनाएको छ । 

 

महासंघको आयोजनामा आगामी १२ अगष्ट आइतबारका दिन क्यान्टवरी युनिभर्सिटी हलमा हुने ऐतिहासिक दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा देशविदेशका लब्धप्रतिष्ठित अंग्रेजी, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागिता रहनेछ । सम्मेलनको लागि केन्द्रीय सचिव केदार सुनुवार संकेतको संयोजकत्वमा बनेको व्यवस्थापन समितिको सहसंयोजकमा विजय हितानलाई चयन गरिएको छ भने सदस्यहरु थपेर ५७ पुर्याइएको छ । 

 

केन्द्रीय समितिका पदाधिकारी र सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य साथै यूकेमा रहेका सबै शाखाका पदाधिकारी तथा सदस्यहरु सबैलाई आयोजक तथा व्यवस्थापन समितिमा चयन गरिएको छ । 

 

बैठकले विस्तारित समितिमा केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला (युके), सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), सागर श्रेष्ठ (नेपाल), डेन्जाम साम्पाङ (अमेरिका), डा. लेखनाथ काफ्ले (ताईवान), सुनिता राई (इजरायल), हरी शिवाकोटी (क्यानडा), साबित्रा लुईटेल (ईजरायल), रमेश कडेल (नेपाल), गोविन्द गौतम (रसिया), चन्द्र मादेन (हङकङ), विजय हितान (युके), लक्ष्मन नेउपाने (म्यानमार), नवराज पोखरेल (रुमानिया), अमित राई (कुवेत), चर्तुरवेदी  मोहनराज(म्यानमार), आरआई श्रमजीवि (बेल्जियम), राह’ल राई वोगी (आसाम), नन्दलाल आचार्य (नेपाल), दिलिप सगर (मलेशिया), गनिन्द्र विवश (द. कोरिया), बिमल बजगाई (साउदी अरेबिया), खगेन्द्र अधिकारी (नेपाल), पि एस निश्चल (युएई), सानु गुरुङ (ईजरायल), मणिराज सिंह (नेपाल), युकेबाट सुरेन्द्र इङनाम, भोज राज बराल, समिप हाङवाङ जर्जर, विनेसाम साउथ युके शाखाका जानुका राई, करिष्मा घम, थिर थापा, सन्ध्या गुरुङ, बि.सी. राई, लाहाङ चेम्जोङ, घनबहादुर थापा, गणेश पुन, औतारि साइला, शिव कुमार राई, संजीव राई, सुष्मा रुपाबुङ राई, विनेसाम वेष्ट शाखाका लालसुन्दर राई, जानुका काम्बाङ, चन्द्रकला थेवे, भरत लोह?ङ राई, गंगा थापा, नानु राना, मनु पाइजा, जयराम तामाङ, हरि राई, रामलक्ष्मण गुरुङ, सिता शेरचन, भावना सुनुवार परिष्कृत, होम सुनुवार, मुकेश राई रहेका छन् भने सल्लाहकारमा पूर्व राजदूत मुरारीराज शर्मा, डा. माइकल हट, डा. चन्द्र लक्सम्बा, डा. प्रेम आले, जंग सुनुवार, योगकुमार फगामी, सिरी प्रसाद लिम्बु, तुल छन्त्याल र सुरेसजंग शाहलाई चयन गरिएको छ । 

 

साहित्य महासङ्घले आफ्नो स्थापनाको ९ औं बार्षिक उत्सव पनि आउदो जुलाई ८ का दिन क्यान्टवरी टाउनको चमचम रेष्टुरेष्टमा गीती लेखन विषयक गोष्ठी सहित गर्ने जनाईएको छ ।  गोष्ठीमा गीत लेखनका शोधकर्ता भावेस भुमरीको प्रशिक्षण रहने जनाइएको छ । 

 

 - राजु सुब्बा

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना मुक्त भयो ताप्लेजुङ

  • 2 minutes ago
कोरोना मुक्त भयो ताप्लेजुङ

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 11 minutes ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले

बाढी प्रभावितलाई एनआरएनएको सहयोग

  • 21 minutes ago
बाढी प्रभावितलाई एनआरएनएको सहयोग

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआ



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।