डिफेण्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै आउट

लण्डन । सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समुह चरणबाटै घर फर्किएको छ । 

 

समुह चरणको बुधबार सम्पन्न अन्तिम खेलमा साउथ कोरियासंग २ शुन्यले पराजित हुंदै जर्मनी बाहिरिएको हो । 

 

 

यसअघि ४ पटकसम्म विश्वकपको विजेता बनेको जर्मनी विश्वकपको समुह चरणबाटै आउट भएको पछिल्लो ८० वर्षमा यो पहिलो पटक हो । 

 

निकै नै प्रतिस्पर्धात्मक खेलको अन्तिम केहि मिनेटमा कोरियाले २ गोल स्कोर गरेको थियो । खेल अवधिभर जर्मनीले २६ वटा प्रहार गरेपनि कोरियन गोलकिपरले तीनलाई विफल पारिदिएका थिए । 

 

यसअघि जर्मनी समुह चरणको पहिलो खेलमा मेक्सिकोसंग पराजित भएको थियो भने दोस्रो खेलमा स्वीडेनलाई पराजित गरेको थियो । 

 

जर्मनीलाई पराजित गरेपनि साउथ कोरियाले पनि दोस्रो चरण प्रवेश गर्न सकेन । यसअघिका दुई खेलमा मेक्सिको र स्वीडेनसंग उनीहरु पराजित भएका थिए । 

 

यो संगै समुह एफबाट स्वीडेन र मेक्सिको दोस्रो चरणमा प्रवेश गरेका छन् भने जर्मनी अंकतालिकाको सबैभन्दा पुछरामा पर्दै बाहिरिएको छ । साउथ कोरिया तेस्रो स्थानमा रहेपनि दोस्रो चरणमा जान विफल रहयो । 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।