जेन्स यूकेको वार्षिक भेटघाट वेस्ट वेटरिङमा

Norvic Hospital
  • बिहीबार, १४ आषाढ, २०७५
  • 3 years ago
  • युके

लण्डन । बेलायतबाट ग्रयाजुएसन पूरा गरेर विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट नेप्लिज इन्टरप्रेनरर्स सोसाइटी (जेन्स) यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

 

संस्थाका सदस्यहरुको परिवार समेतको सहभागितामा एकआपसको एकता बढाउने तथा मनोरञ्जन गर्ने उद्धेश्यले हरेक वर्ष गरिने यो कार्यक्रम यसपटक गत आइतबार वेस्ट वेटरिङमा सम्पन्न भयो । 

 कार्यक्रममा जेन्स यूकेका पदाधिकारी, सदस्यहरु बाहेक अतिथीका रुपमा एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने, एवम एनआरएन यूके क्षेत्रीय राज्य समायोजन समितिका सचिव मुकुन्द बांस्तोलाको पनि सहभागिता थियो । बारबीक्यू, बिच भलिबल र पारिवारिक जमघटसहितको रमाइलोका साथै संस्थाको आगामी ई -कमर्स प्रोजेक्टको प्रगतिका बारे त्यस अवसरमा छलफल गरिएको थियो । 

 

संस्थाका अध्यक्ष लेखनाथ गैरेले  व्यवसायिक भेटघाटहरु बाहेकका यस्ता सामाजिक जमघटले सम्पुर्ण सदस्यहरुबीच राम्रो परिचय र सम्बन्ध बिस्तार गराउने तथा संस्थाले लिएको सामुहिक लगानी र बृहत नेटवर्किङको अवधारणालाई सहयोग गर्ने विश्वास व्यक्त गरे । महासचिव तिलक भट्टराईले संस्थाका गतिविधीहरुबारे जानकारी प्रस्तुत गरे । 

 

एनआरएन यूके  उपाध्यक्ष ललित न्यौपानेले युवा व्यवसायीहरुले अझै बलियो नेटवर्किङ र अन्य संस्थाहरुसंगको समन्वय स्थापना गरेर अघि बढ्न सके दुरगामी रुपमा सकारात्मक उपलब्धी हुने धारणा राखे । अर्का अतिथी मुकुन्द बांस्तोलाले युवा उद्यमीहरु एउटै प्लेटफर्ममा उभिएर व्यवसायिक र सामाजिक क्षेत्रका लागि क्रियाशिल हुनु राम्रो सुरुआत् भएको बताए । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

  • 1 minute ago
नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

  • 6 minutes ago
जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि

सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

  • 17 minutes ago
सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ? भन्दै भन्दै प्रश्न गरेका छन्। भृकुटीमण्डमा भएको राप्रपाको



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।