गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

  • शुक्रबार, १२ मंसिर, २०७७
  • 1 month ago
  • पर्यटन
प्रतिकात्मक तस्बिर

लुम्बिनी । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।

 

निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो ।

 

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला,

ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।

 

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थल नजिकको खाली रहेको जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ । 

 

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई उपलब्ध गराउने झण्डै रु १८ अर्बमध्ये झापामा पाँच, बुटवलमा सात, पोखरामा चार र चनौटामा आठ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढिसकेको बताइएको छ । तीमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना अगाडि सारिएको मन्त्री पुनले जानकारी दिए ।

 

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्ताव गरेको छ । 

 

बैठकमा ऊर्जामन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको बताए । उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन पनि दिए । 

 

पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तरराष्ट्रियरुपमा समेत राम्रो सन्देश जाने र उत्तम प्रयास हुने बताए । मन्त्री भट्टराईले विमानस्थलको निर्माण अन्तिम चरणमा रहेको भन्दै सोलार प्लान्ट स्थापनापछि यो नमूना बन्ने बताए । 

 

कोरोनाका कारण चिनियाँ कामदार आउन नसक्दा केही प्राविधिक काम भने अगाडि बढ्न सकेको छैन ।

–––

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेरि अदालतमा उपस्थित भएनन् सलमान

  • 30 minutes ago
फेरि अदालतमा उपस्थित भएनन् सलमान

एजेन्सी । बलिउड स्टार सलमान खानविरुद्ध राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ ।

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 1 hour ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 1 hour ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।