गर्भवती हुनुहुन्छ ? नखानुहोस् यस्ता खानेकुरा

Norvic Hospital

एजेन्सी । पहिलोपटक गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ ।

 

यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ ।

 

यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छः

 

तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।

 

गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।

 

नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ ।

 

गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।

 

के खाने ?

 

राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

 

गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो । 

 

गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

 

गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ ।

 

गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 3 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 4 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 4 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।