म किन गरीब ?

Norvic Hospital

सुखको लागि मानिस सबै थोक बदल्छ । भेष बदल्छ, देश बदल्छ, घर, जागिर, मित्र बदल्छ, श्रीमान्÷श्रीमती बदल्छ तर पनि दुःखी हुन्छ । किनकि ऊ आफू भित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सक्दैन । अरू कुरा बदल्नै नहुने होइन तर आफु पनि सँगै बदलियो भने दुःखबाट मुक्ति मिल्छ भन्ने कुरा शाश्वत सत्य हो । 

 

त्यसैले भनिन्छ, ‘सुखि रहन झुपडी बदलेर हुँदैन बरू खोपडी बदल्ने अभ्यासमा लाग्नु बेस हुन्छ ।’ यसैलाई अमृत विन्दु उपनिषद् (२) मा भनिएको छ, ‘मन एवँ मनुष्याणां कारणं बन्धमोक्षयो । (मानिसको बन्धन र मोक्षको कारण नै मन हो ।’ 

 

के हो त त्यो मननियन्त्रण कला ! प्रथम रुची, दोस्रो प्रयास, तेस्रो निरन्तरता, चौथो उचाई वरण, सकारात्मक सोचको विकास, पाँचौ सम्यक जीवन, सम्यक सोच र सम्यक कर्मको निरन्तर यात्रा ।

 

सुख र धनलाई मानिस तराजुमा जोख्छ । अनि धनलाई नै सुखको पर्याय ठान्छ । यदि धन सुखको पर्याय हो भने धनी दरबारहरू किन दुःखी हुन्छन् । तपाईंलाई पनि म गरिब छु भन्ने लाग्छ भने तपाईंको गरिबी अब एक मिनेटमै मेट्न सकिने छ । मात्र यी शब्दहरूलाई आत्मसात् गर्नुहोस् । धन, वैभव तपाईंभित्रै निहीत छ, मात्र यसलाई मथ्नु छ केवल सचेत चिन्तनले ।

 

धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । धन की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

 

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन । संसारका हरेक मानिस धनी छन् तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । बुद्धकालीन समयको यो प्रसङ्ग आज पनि उत्तिकै सान्दर्भिक छ जसले गरिबी केही मिनेट मै टाढा हुनेछ नफर्कने गरी ।

 

परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरीबी एक मिनेट पनि टिकेन ।

 

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँड्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँड्न थाले । मानिसहरू गौतम बुद्धकोमा आ–आफ्ना दुःख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

 

म किन गरीब ?

त्यसैक्रममा एक दुःखी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरू पालैसँग एक–एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।

 

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र शालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम ग¥यो अनि प्रश्न अघि सा¥यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

 

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनु पनि त प¥यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान–बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै शालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंशा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देउ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

 

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभव समेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । 

 

त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस् । अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नु हुनेछ । छब्बीस सय वर्ष अघि एउटा बयलगाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालक बाहेक चारजना अरु सवार थिए । तीन सामान्य मान्छे, रक्सीले पुरै मात्तिएको एक रक्स्याहा । अचानक गाडा चिप्लेर भीरबाट खस्यो । उक्त दुर्घटनामा रक्स्याहाबाहेक सबै मारिए । उस्लाई सामान्य चोट पटक मात्र लाग्यो । अरु सवारलाई पनि त्यतिमात्रै हुनु पर्ने थियो । तर, उनीहरुले ज्यानै गुमाए । प्रष्टै छ, दुर्घटनाको कारणले हैन ‘डर’को कारणले उनीहरु मरे । के भएको थियो, त्यस्को पत्तो नै थिएन रक्स्याहालाई र त उनी डराएनन् । अनि मरेनन् । कथाको सन्देशले भन्छ, मान्छेलाई संसारले कम, डरले बढी मार्छ ।

 

के हो त डर ? अंग्रेजीमा यसलाई फियर भनिन्छ । जसलाई यसरी बुझ्दा हामीलाई फाइदै फाइदा हुन्छ ।

 

– एफ–फल्स (झुट्टा)

– ई–इभिडेन्स (प्रमाण)

– ए–एपियरिङ (जुन हामीलाई लाग्छ)

– आर–रियल (सत्य)

फियर अर्थात् झुटा कुराहरू जुन हामीलाई सत्य लाग्छ । त्यसैको परिणाम हो डर । यस कुराको वैज्ञानिक आधार पनि होला त ? छ । पश्चिमी अन्वेषकहरूले केही समय यता डरसम्बन्धी के तथ्यांक अघि सारेका छन् भने– हामीलाई जुन जुन कुराको डर हुन्छ– जस्तै, मलाई क्यान्सर जस्तो भयंकर रोग लाग्यो भने ! जाँचमा पास नभएर बर्वाद भयो भने ! खानसमेत पाएन भने ! यस्ता मस्तिस्कमा चौविसै घण्टा चल्ने अधिकांश डरको कुनै अस्तित्व नै हुँदैन । अर्थात् ८७ प्रतिशत हाम्रो डर कहिल्यै सावित हुँदैन । यस्को मतलब हो हामी प्रायः ती कुराको लागि चिन्तित हुने गर्छौं जुन जीवनमा प्रायः घट्दै घट्दैन । अर्थात् हाम्रा अधिकांश चिन्ताको वैज्ञानिक धरातल नै हुँदैन । हामी विज्ञानमा विश्वास राख्छौं । तर, हाम्रा चिन्ता अवैज्ञानिक छन् ।

 

रह्यो १३ प्रतिशत डरको कुरा । ती यस्ता कुरा हुन् जुन हामीले चाहे पनि रोक्न सक्दैनौ । जस्तै मर्ला की भन्ने डर, बुढो होलाकी भन्ने डर, असफल होला की भन्ने डर, त्यस्तै अरुले धोका देला कि भन्ने डर इत्यादि । १३ प्रतिशत यस्ता घटना छन् जुन हामीले चिन्ता गरेर पनि रोक्न सकिँदैन । हुने हार दैव नटार भनेको यही हो ।

 

‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’

 

‘उद्देश्य के लिनु, उडि छुनु चन्द्र एक ।’ –देवकोटा

 

देवकोटाले व्यक्त गरेझैं सपना महान हुनै पर्छ । अतः आफूले सोच्ने ८७ प्रतिशत डर हुँदै हुँदैन भने १३ प्रतिशत नकारात्मक घटना रोकिँदैन । त्यसैले यसको चिन्ता गर्नुको पनि कुनै तुक छैन । स्मरण रहोस्, उपरोक्त कथामा वयलगाडा खसेर मान्छे मरेका हैनन् । मरिएलाकी भन्ने चिन्ता गरेकाहरू सबै मरेका हुन् । जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 2 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 2 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 2 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।