दौडने क्रममा इङ्ल्यान्डका प्रशिक्षक नै घाइते

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, ८ आषाढ, २०७५
  • 4 years ago
  • खेल
  • England

एजेन्सी । रुसमा जारी विश्वकपमा सहभागी इङ्ल्यान्डको टोलीलाई भने अचम्मको आपत् आइपरेको छ । समूहगत चरणको आफ्नो पहिलो खेलमा विजयी भएपछि हौसिएको इङ्ल्यान्डका प्रशिक्षक नै घाइते भएका छन् । 

 

बुधबार इङ्ल्यान्डको नियमित अभ्यास थिएन । त्यसैले खेलाडीलाई छाडेर इङ्ल्यान्डका प्रशिक्षक साउथगेट दौडन निस्किएका थिए । दौडने क्रममा उनको दायाँ काँधको जोर्नीको हड्डी छुट्टिन पुग्यो । त्यसपछि उनलाई टोलीकै चिकित्सकहरूले तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएका थिए । नियमित अभ्यास नभएका कारण घुम्न निस्किएका खेलाडीहरू होटेल फर्कंदा प्रशिक्षक साउथगेटको अवस्था देखेर छक्क परेका थिए ।

 

प्रशिक्षक साउथगेटले भने खेलाडी घाइते हुनुभन्दा आफू घाइते हुनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘समूहगत चरणको दोस्रो खेलअघि कुनै खेलाडी घाइते भएको भए हामी ठूलै अप्ठ्यारोमा पथ्र्यौ । म घाइते हुँदा खासै फरक पर्दैन’, उनले भनेका छन्, ‘सधैं आपसमा रमाउने र कम बोल्ने खेलाडीहरू पनि मेरो अवस्था देखेर छक्क परेका थिए ।’

 

विश्वकपको समूह ‘जी’ मा रहेको इङ्ल्यान्डले समूहगत चरणको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २—१ गोलले हराएको थियो । उक्त जितसँगै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको इङ्ल्यान्डले आगामी आइतबार पानामासँग दोस्रो खेल खेल्दै छ । इङ्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 32 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 39 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 42 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।