गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

 

टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए । टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

 

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन् । अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले उनी उपचाररत छिन् । उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूसासमा नेपाल

  • 1 minute ago
भूसासमा  नेपाल

काठमाडौँ । भूगोल साहित्य समाज (भूसास)को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैल

अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)

  • 11 minutes ago
अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधबार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

  • 14 minutes ago
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । केन्द्रीय कमिटीको बैठक अगाडि यो समूहको स्थायी कमिटी



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।