महात्मा गान्धीको जन्मजयन्तीमा साकाहारी अभियान
- शनिबार, २३ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।
अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक साकाहारी खाद्यपदार्थ मात्रै दिने निर्णय गरेको हो ।
रेल सेवाले सबै क्षेत्रीय कार्यालयलाई जारी गरेको सूचनामा रेलभित्र साकाहारी खाद्यपदार्थ मात्रै विक्रि वितरण गर्न निर्देश गरिएको छ ।
गान्धीको जन्मजयन्ती मनाउने सिलसिलामा साकाहारी खाना मात्रै वितरण गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
देशका पिता मानिने महात्मागान्धी प्रति सम्मान गर्न र उहाँको आदर्शलाई सम्झनाका लागि रेलभित्र साकाहारी भोजनको व्यवस्था गरिएको रेल सेवाका प्रवक्ता सिद्धार्थ सिंहले सञ्चारकर्मीलाई बताए ।
भारतको रेल सेवाको इतिहासका यस्तो निर्णय पहिलो पटक गरिएको पनि उहाँले शनिबार जानकारी दिए ।
आउदो अक्टोबर २ तारिखका दिन भारतीय रेल सेवाका सवै रेलमा साकाहारी भोजनको मात्रै व्यवस्था हुने निर्णय भएको प्रवक्ता सिंहले बताए ।
भारतीय रेल सेवा विश्वकै सबैभन्दा ठूलो सञ्जाल भएको रेल सेवा मानिन्छ । यस अन्तर्गत झण्डै नौ हजार यात्रुबाहक रेल रहेका छन् भने दैनिक दूई करोड ३० लाख यात्रुलाई सेवा दिने गरेको छ ।
भारतीय रेल सेवासँग राज्यसँग जस्तै छुट्टै र आफ्नै सार्वजनिक व्यवसायीक प्रतिष्ठान रहेका छन् । यस्ले विद्यालय, अस्पताल, सुरक्षा सेवा र निर्माण कम्पनी चलाएको छ भने विश्वको सातौँ ठूलो रोजगारदाता कम्पनी पनि हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 2 hours ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 2 hours ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।