‘सिधा कुरा...’ ग्यालेक्सी फोर केबाट प्रशारण हुने भन्दै न्यूज २४ को कार्यक्रमबारे यसो भने रवि लामिछानेले
- मंगलबार, ११ फागुन, २०७७
- 1 week ago
- प्रबिधि
काठमाडौँ । संचारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट ‘सिधा कुरा...’ कार्यक्रम संचालन गर्ने भएका छन् । मंगलबार टेलिभिजन संचालनको घोषणा कार्यक्रममा लामिछाने आफैले सो कार्यक्रम संचालन गर्ने घोषणा गरेका हुन् ।
करिब १ महिनाअघि न्यूज २४ टेलिभिजन छोडेपछि सो कार्यक्रम सोही टेलिभिजनमा अर्को प्रस्तोताले सिधा कुरा जनतासँग संचालन गरिरहेकी छिन् । तर, लामिछाने पनि सोही कार्यक्रमको लोगो तथा ‘सिग्नेचर’ सहित आफूले ग्यालेक्सी फोरके मार्फत ‘सिधा कुरा...’ कुरा प्रशारण गर्न लागेको घोषणा गरेका हुन् । लामिछानेले आफूले सुरुमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ संचालन गरेको र पछि ‘सिधा कुरा जनतासँग’ बताए । आफूले टेलिभिजन छोडेपछि पनि सो कार्यक्रम अझै चलिरहेको भन्दै उनले त्यसबारेमा चासो राखेका छन् । आफूले जुन उदेश्यले सो कार्यक्रम सुरु गरेको सोही अनुसार चलेको भए आफू अझै खुसी हुने तर, सो कार्यक्रम त्यसरी नचले आफूले सोच्नुपर्ने बताएका छन् ।
आफूले अहिले न्यूज २४ छोडे पनि सिधा कुरा जनतासँग कार्यक्रम भने संचालन भएको भन्दै उनले भने, ‘अहिले मैले सिधा कुरा... राखेको छु । एउटा कार्यक्रम कसले संचालन गर्छ, कहाँ प्रशारण हुन्छ भन्ने कुराले मेरो लागि महत्व राख्दैन । आम सर्वसाधरणका मुद्दाहरु यदि जसले जहाँबाट पनि संचालन त्यही ढंगमा गर्न सके र आम सर्वसाधरणका मुद्दाहरु सशक्त रुपमा प्रस्तुत हुन सके भने त्यो कार्यक्रम जहाँबाट संचालन हुने भए पनि त्यसबाट सबैभन्दा बढी सुख महशुस गर्ने मानिस म नै हुनेछु । तर, यदी त्यसले आम जनताको, सर्वसाधरणको दुःख पीडा हामीले प्रशारण गर्न नसकेनछ भने त्यसको सुरुवातकर्ताको हैसियताले मैले त्यस कार्यक्रमतर्फ हेर्नैपर्ने हुन्छ ।’ त्यस्तै, उनले न्यूज २४ बाट प्रशारण भइरहेको कार्यक्रमले जनताको गुनासोहरुको सही समाधान हुने कार्यक्रम बनोस् भनेर प्रतिक्षारत भएको बताएका छन् । आफूले कार्यक्रमको सुरुवात गरेको भन्दै ‘डुब्लिकेट’कार्यक्रमको मात्रै बिगबिगी बढे आफू चुप लागेर नबस्ने समेत लामिछानेले चेतावनी दिएका छन् ।
‘सिधा कुरा जनतासँग’ नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक रुचाइएको मध्येको एक कार्यक्रम हो । माघको दोस्रो साता कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छोडिसकेपछि कार्यक्रमको स्वामित्व विवाद सुरु भएको हो ।
प्रस्तोता लामिछानेले न्यूज २४ छोड्दैगर्दा केही समयपछि परिस्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष गरेका थिए । उनले सामाजिक सञ्जालमा दुःख पर्दा फोन गर्न सकिने र फेरि कार्यक्रम लिएर फर्किने भन्दै फोन नम्बरसहित पोस्टहरू पनि गरेका थिए । तर, न्युज २४’ले भने वैकल्पिक प्रस्तोता राखेर पहिलाकै तालिकाअनुसार नियमित रुपमा कार्यक्रम प्रस्तुत गरिरहेको छ ।
उक्त कार्यक्रमको स्वामित्व भने लामिछानेको नाममा दर्ता छ । टेलिभिजनले भने लामिछाने प्रस्तोतामात्रै भएको र स्वीमित्व आफूहरुको रहेको दावी गरेपछि दुवै पक्षबीच विवाद देखिएको थियो । लामिछानेले सो कार्यक्रम आफ्नो बौद्धिक सम्पत्तिका रुपमा दावी गरेपनि टेलिभिजनले भने लामिछाने कार्यक्रमको प्रस्तोता मात्रै भएको बताएको छ । न्युज २४ले झुक्याएर लामिछानेले कार्यक्रमको पेटेन्ट ९कपि० राइट दर्ता गराएको भए त्यो छलकपट र बदमासी हुने टेलिभिजनले बताएको छ । त्यसो भएमा आफूहरु कानूनी रुपमा नै कार्यक्रमको लागि लड्ने टेलिभिजनका पदाधिकारीहरुले बताएका छन् ।
केही समय सो विषय सेलाएको भए पनि रवि लामिछानेले मंगलबार गरेको उद्घोषको कारण पुनः सतहमा आएको छ ।
रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै
- 2 minutes ago

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
- 10 minutes ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !
- 24 minutes ago

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।