सुन्दरी प्रतियोगिताका सञ्चालकले किशोरीमाथि गरेको बलात्कारको घटना संसदमा प्रवेश
- शुक्रबार, ६ जेष्ठ, २०७९
- 1 month ago
- राजनीति
काठमाडौँ। आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतिले आफू आयोजकबाट पटक–पटक बलात्कृत भएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक भएपछि यस विषयले संसदमा प्रवेश पाएको छ।
शुक्रबार बसेको संसद बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले सो घटनाको बारेमा कुरा उठाएका हुन्। उनले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन्।
युवतिले आफू आयोजकबाट पटक–पटक बलात्कृत भएको कुरा सामाजिक संजालमार्फत सार्वजनिक भएपछि दोषिलाई कारबाहीको माग गर्दै शुक्रबार बालुवाटारमा प्रदर्शन समेत भएको छ। ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएरका युवाहरुले युवतीको न्यायका लागि दबाब दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका हुन्।
उनीहरुले बलात्कार जस्तो गम्भीर घटनामा जाहेरी दिने हदम्याद घटाउनुपर्ने लगायतका माग राखेका छन्।
किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग pic.twitter.com/3Pr8Nd78hi
— nepalipatra.com (@NepaliPatra) May 20, 2022
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 3 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 20 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु
- 26 minutes ago

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।