दार्जिलिङकी लामाको दोस्रो कृति ‘गाढधन’ सार्वजनिक

खरसाङ (भारत) । दार्जिलिङको सांस्कृतिक जनजागरणकी अभियान्ता आशा मुखिया लामाकी दोस्रो कृति सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको बीच ‘गाडधन’ सार्वजनिक भएको हो ।

 

यसअघि सन् २०१९ मा लामाले  ‘अक्षर रहर’ कृति सार्वजनिक गरेकी थिइन् । यसपटक पनि विलुप्त हुँदै गएका संस्कृतिका विषयहरुलाई समेटेर उनले पुस्तक ‘गाडधन’ सार्वजनिक गरेकी हुन् । पुस्तक लोकार्पणको कार्यक्रम उनकै निवास आशालायमा कवि ज्ञानेन्द्र खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कवि कालुसिंग रङपहेली मुख्य अतिथि थिए । 

 

भारतीय नेपालीहरुको सबैभन्दा जेठो संस्था १०८ वर्ष पुरानो गोर्खा जन पुस्तकालयका सचिव विनोद रसाइलीले पुस्तकको बारेमा आफ्नो समीक्षा प्रस्तुत गरेका थिए । उनले प्रकाशित पुस्तक गाडधनका केही लेखलाई विद्यालयको पाठ्यक्रममा गाभ्नुपर्ने विचार प्रकट गरे ।

 

कार्यक्रममा खरसाङका महिला अनि पुरुष कविहरुले कविताहरु पाठ गरेका थिए । अधिकांश कवितामा कोरोनाको महामारीलाई समेटिएको थियो भने संस्कृतिबारे जागरुक गराउने खालका पनि वाचन भएका थिए ।

 

‘गाडधन’की लेखिका आशा लामा मुखिया भन्छिन्, ‘हाम्रो समाज अनि परम्परागत संस्कृतिसित संलग्न रहेर साहित्यको माध्यमबाट स्वजातीय संस्कृति संरक्षण कार्यमा टेवा खोज्दै संगालिएका चिन्तन सङ्ग्रह ‘गाडधन’ मेरो सानो प्रयासको रुपमा अघि सारेको छु ।’ आशा लामा मुखिया गोर्खा संस्कृतिक संस्थानकी अध्यक्ष हुन् भने दार्जीलिङ पहाडी भेगमा सन् १९९४ देखि संस्कृतिक जनजागरणको अभियानमा एकजना सक्रिय अभियन्ताको रुपमा कार्य गर्दै आइरहेकी छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

  • 15 minutes ago
रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा !

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण कोका कोलालाई ४ बिलियन डलर घाटा लागेको छ । कोका कोलाको मार्केट मुल्य २४२ बिलियन डलर रहेको थियो ।

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

  • 23 minutes ago
सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

बर्दिवास । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

  • 27 minutes ago
जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बुधबार महन्थ ठाकुर समूहले आफूनिकटका १७ ज



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।