चैत महिनादेखि बन्द फुट्सल सञ्चालनमा

  • बुधबार, ७ असोज, २०७७
  • 1 month ago
  • खेल

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुट्सल आजदेखि सञ्चालनमा आएको छ ।

 

फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुट्सल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुट्सल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुट्सल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए । विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

  • 12 minutes ago
कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन सरकाले पटक पटक आग्रह गरेको छ ।

आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

  • 16 minutes ago
आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

एजेन्सी । पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् आदित्य नारायण झा । उनले शापित फिल्ममा अभिनय गरेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको हुन् ।

आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

  • 33 minutes ago
आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

एजेन्सी । भारतको पन्जावमा साथीको जन्मदिनको पार्टी मनाएर फर्किएकी एक जना युवतीको आफ्नै साथीहरुले कारमा बलात्कार गरेका छन् । फर्किने क्रममा युवतीलाई ती युवकले जबर्जस्ती कारमा राखको र बलात्कार गरेको मिडि



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।