पोखराका यी १० ठाउँ अब फ्रि वाइफाई जोन

पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो । निशुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वल्र्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे ।

 

सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ । सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए ।

 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसारमहानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पु¥याउन महानगर लागि परेको बताए । आगामी दिनमा निशुल्क वाइफाई सेवालाई अझ विस्तार गरिने जिसीको भनाइ । वल्र्ड लिंक पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले आगामी एक महिना भित्र १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध हुने बताए । यसअघि वल्र्ड लिंकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थलमा फ्रि वाइफाई उपलब्ध गराउँदै आएको छ ।

 

निशुल्क वाइफाइ सेवा लिमिटेड हुने श्रेष्ठले बताए ।

 

तीन वर्षको लागि गरिएको सम्झौताापत्रमा वाइफाइ जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । वाइफाइ सेवा सञ्चालनको सम्पूर्ण प्राविधिकको जिम्मा वल्र्ड लिंक प्रालिको हुने र सेवा अवरुद्ध भएका जुनसुकै समयमा पनि महानगरपालिकाले सम्झौता रद्ध गर्ने सक्ने उल्लेख गरिएको छ ।

 

साथै महेन्द्रपुलस्थित मोबाइल टावरमा रहेको वल्र्ड लिंकको शाखा पनि मेयर जिसीले सोमबार उद्घाटन गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।