फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो

Norvic Hospital

काठमाडौं । अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । शनिवार राति सम्पन्न फ्रान्ससँगको अन्तिम १६ को खेलमा अर्जेन्टिना ४–३ गोल अन्तरले पराजित भइ विश्वकपबाट बाहिरिएको हो । 

 

खेलको १३ औं मिनेटमा अर्जेन्टिनाले फ्रान्सका केलियन एम्बाप्पे माथि डिबक्स भित्र फाउल गरेपछि प्राप्त पेनाल्टी मार्फत एन्टोनीयो ग्रिजम्यानले गोल गरेका थिए । तर, ४१ औं मिनेटमा अर्जेन्टिनाका एंगेल डि मारियाले डिबक्स बाहिरबाट प्रहार गरे गरेको बल सुन्दर गोलमा परिणत हुँदा खेल १–१ को बराबरीमा पुग्यो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने गोल वर्षा नै भयो ।

 

४८ औं मिनेटमा ग्राबियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि फ्रान्स हावी भयो । ५७ औं मिनेटमा बेन्जामिन पर्भाडले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि केलियन एमबाप्पले ६४ र ६८ औं मिनेटमा गोल गरेपछि फ्रान्सले २–४ को अग्रता बनायो । ९० औं मिनेटमा सर्जियो अग्यूरोले अर्जेन्टिनाका लागि गोल गरेपनि पर्याप्त भएन र फ्रान्स ४–३ गोलले विजयी भयो ।

 

२ पटकको विश्वविजेता अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिदा एक पटकको विश्वविजेता फ्रान्स भने अन्तिम ८ मा प्रवेश गरेको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 6 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 6 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।