फ्रान्सद्वारा रेनल्ट र निशानलाई एक बनाउन जापानसँग प्रस्ताव
- सोमबार, ७ माघ, २०७५
- 4 years ago
- प्रबिधि

पेरिस, फ्रान्स । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने ९मर्जर० प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले आइतबार बताएका छन् । निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको सञ्चारमाध्यममा समाचार आएका हुन् ।
तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भैनसकेको बताएका छन् ।
जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोउनलाई गत बर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउपछि नेतृत्वबारे विवाद देखिएको छ ।
रेनाल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा दुई कम्पनीलाई विलय गराउने प्रस्ताव गरेको जापानी समाचार संस्था, क्योदो न्यूज एजेन्सीले यस मामिलामा जानकार स्रोतलाई उद्धृत गरी समाचार लेखेको छ ।
रेनल्टमा फ्रान्स सरकारको सबैभन्दा बढी अर्थात् १५ प्रतिशतभन्दा बढि शेयर रहेको छ भने जापानी निशान कम्पनीमा रेनल्टको ४३।४ प्रतिशत शेयर रहेको छ ।
“दुवैलाई मिलाउने प्रस्ताव फ्रान्सका राष्ट्रपतिको इच्छा अनुसार आएको हो,” क्योदोले लेखेको छ ।
जापानको आर्थिक दैनिक निक्केइले पनि फ्रान्सको प्रतिनिधिमण्डलले दुई कम्पनीलाई एक (विलय) गराउने प्रस्ताव गरेको तर निशानले उक्त प्रस्तावमाथि विरोध जनाएको लेखेको छ ।
यसबारे जान्न एएफपीका सञ्चारकर्मीले वित्तमन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्दा जापानी सञ्चारमाध्यममा आएका प्रतिक्रियाबारे कुनै उत्तर दिन चाहेनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
- 30 minutes ago

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
- 45 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी
- 57 minutes ago

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।