फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा
- मंगलबार, २५ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

पेरिस । फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेकाे सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ ।
मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ ।
सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेकाे बताइएको थियो ।
सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको अर्को एक समाचारमा जनाइएको छ । सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रवपतिले सम्बोधन गरेको बताइएको छ ।
महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् ।
सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रवपतिसमक्ष माग गरिएको छ ।
तर राष्ट्रपति म्याक्रो यी कामहरुमा असफल भएको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलबमा मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेकाे बताइएको छ ।
कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले सो सम्बोधनमा बताएका छन् ।
ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए
- 2 minutes ago

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हा
हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द
- 15 minutes ago

एजेन्सी । हिम आँधीले अमेरिकाका धेरै राज्यहरूमा विनाश मच्चाएको छ। हिम आँधीको कहर एक वा दुईमा होइन धेरै राज्यमा छ । जसका कारण अमेरिकाका धेरै राज्यमा उडान नराम्ररी प्रभावित भएको छ । मिडिया रिपोर्टका अनुस
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 17 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।