फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ
- आइतबार, २३ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

पेरिस । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ ।
शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते पनि भएका छन् ।
गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् ।
फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएका छन् । त्यहाँबाट पनि दर्जनौँ गिरफ्तार भएका थिए ।
प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ ।
प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन
- 9 minutes ago

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?
- 23 minutes ago

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।
प्रेमप्रसाद आत्मदाह प्रकरण – प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लियो
- 26 minutes ago

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।