अष्ट्रेलिया भर्सेस फ्रान्सः इतिहास रच्ने दाउमा दुबै देश

एजेन्सी । फ्रान्स र अष्ट्रेलिया विश्वकपमा अहिलेसम्म आमने सामने भएका छैनन् । तर, तथस्ट मैदानमा फ्रान्स र अष्ट्रेलियाले एक एक खेल जितेका छन् । सन् १९९४ मा जापानमा भएको खेल फ्रान्सले जितेको थियो भने सन् २००१ मा दक्षिण कोरियामा भएको खेल अष्ट्रेलियाले १–० ले जितेको थियो । पछिल्लो समय पेरिसमा भएको खेलमा भने ओलिभर जिरोडको २ गोलको सहयोगमा फ्रान्सले ६–० ले जितेको थियो ।
फ्रान्सले विश्वकप समूहचरणको आफ्नो १२ खेलमा मात्र तीन जित हासिल गरेको छ । बाँकी ५ बराबरी र ४ हार छन् ।
अष्ट्रेलिया आफ्नो विश्वकप इतिहासमा एक पटकमात्र नकआउट चरणमा पुगेको छ । सन् २००६ को विश्वकपमा इटलीसँग प्रिक्वार्टरफाइनल चरणमा पराजित भएको थियो ।
अष्ट्रेलियको टिमसेट
फ्रान्स
फ्रान्सलाई रसिया विश्वकपको दावेदारमध्येको एक राष्ट्रको रुपमा हेरिएको छ । स्टार युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमलाई प्रशिक्षक डिडियर डेसच्याम्पसलेब्यालेन्स बनाएका छन् ।
फ्रान्सले विश्वकप फुटबलमा सधै दमदार प्रदर्शन गर्दै आएको छ । तर, अहिलेसम्म फ्रान्सले १ पटक मात्रै विश्वकप फुटबलको उपाधि उचालेको छ । सन् १९९८ मा आफ्नै घरेलु भूमिमा भएको विश्वकपको उपाधि फ्रान्सले चुमेको थियो । फाइनल खेलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले विश्वकप जितेको थियो ।
फ्रान्सले पहिलो विश्वकप १९३० देखि नै सहभागिता जनाउदै आएको छ । विश्वकपमा फ्रान्सले अहिलेसम्म १४ पटक सहभागिता जनाएको छ भने ५ पटक सेमिफाइनलसम्म पुगेको छ । भने फाइनल दुई पटक टेकेको छ । २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जित्छ भन्नेहरू समर्थकको संख्या कम छैन । हुन पनि पछिल्लो वर्षमा फ्रान्स निकै लयमा छ । डिफेन्स, मिडफिल्ड र स्टाइकर लाइन फ्रान्सको निकै बलियो रहेको छ । त्यसकारण पनि फ्रान्स उपाधिको दाबेदार राष्ट्र हो ।
प्रशिक्षक डिडियर डेसच्याम्पस्
फ्रान्सको प्रशिक्षकको जिम्मेवारी सन् २०१२ देखिपूर्व खेलाडी डिडियर डेसच्याम्पसले लिँदै आएका छन् । उनले फ्रान्सअघि मोनाको, युभेन्टस् र मार्सेको टिमलाई सम्हालीसकेका छन् ।
फ्रान्सको पूर्व कप्तान समेत रहेका डेसच्याम्पस्ले सन् १९९८ को विश्वकप तथा सन् २००० को यूरोको उपाधि जितेको अनुभव पनि छ ।
गोलकिपर
हुगो लेरिस (टोटनहम हट्सपर)
स्टीभ मन्डांडा (मार्से)
अल्फोन्स इरेला (पीएसजी)
डिफेन्डर
लुकास हर्नान्डिेज (एथ्लेटिको मड्रिड)
प्रेस्नेल किम्पेम्बे (पीएसजी)
बेन्जामिन मेन्डी (म्यान्चेस्टर सिटी)
बेन्जामिन पाभर्ट (स्टुटगार्ट)
एडिल रमी (मार्से)
जिब्रिलसिडिब (मोनाको)
स्यामुअल उम्टीटी (बार्सिलोना)
राफेल भराने (रियल मड्रिड)
मिडफिल्डर
एन गोलो कान्टे (चेल्सी)
ब्लेइज माटुडी (युभेन्टस)
स्टेभिन एनजोन्जी (सेभिया)
पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड)
कोरिन्टिन टोलिसो (बायर्न म्युनिख)
फरवार्ड
ओस्माने डेम्बेले (बार्सिलोना)
नाबिल फेकिर (लियोन)
ओलिभर जिरोर्ड (चेल्सी)
एन्टोनियो ग्रिजम्यान (एथ्लेटिको मड्रिड)
थोमास लिमार (मोनाको)
किलियन एमबाप्पे (पीएसजी)
फ्लोरिन थाउभिन (मार्से)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 7 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 22 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 25 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।