किन बाउँडिन्छ खुट्टा ?

प्रतिकात्मक तस्बिर

काठमाडौं । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ । एक्कासि तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ।

 

तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। 

 

सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ । खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन । विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ।

 

गर्भवती– गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ। यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ।

 

हाइपो थाइराइड– थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा पल्टन सघाउँछ। थाइराइट हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ। क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ। थाइराइड हर्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुटृा पल्टने गर्छ।

 

पोषक तत्वको अभाव – पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन् । सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ।

 

लामो समयसम्म उभिँदा– कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। सन् २०१२ मा इर्गोनमिक्समा प्रकाशित एक अध्ययन अनुसार लामो समयसम्म उभिनु खुटृा पल्टनुको एउटा महत्वपूर्ण कारण हो।

 

जलवियोनन– शरीरमा प्रयाप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पुर्‍याउँछ। हाम्रो शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको हुन्छ । यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ।

 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 4 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।