मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

काठमाडौँ । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट  सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो ।

 

हिमालबाट सङ्कलन गरिएको छ हजार ६०७ केजी फोहोरमध्ये सड्ने÷कुहिने एक हजार ७२५ केजी  मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा प्रशंसा गर्दै बधाई ज्ञापन गरे ।

 

विश्व वन्यजन्तु कोष नेपालस्थित कार्यालयका निर्देशक डा घनश्याम गुरुङ्ग र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना सङ्क्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुरुप नै सम्पन्न गर्नु गौरवको विषय भएको जनाउँदै अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

सफा हिमाल अभियान २०२१ अन्तर्गत छ वटा हिमालबाट २७ हजार ६७१ केजी फोहोर सङ्कलन गरिएको जानकारी दिइयो । सङ्कलित फोहरमध्ये १७ हजार ८७७ केजी फोहोर प्रशोधन तथा व्यवस्थापनको लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।