पत्रकार महासंघ यूकेले थाल्यो सदस्यता शुद्धिकरण अभियान

Norvic Hospital
  • सोमबार, १८ आषाढ, २०७५
  • 3 years ago
  • युके

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले संस्थाभित्र सदस्यता शुद्धिकरणको अभियान सुरु गरेको छ ।

 

शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको आइतबार सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय गरिएको छ । 

 

शाखाका संस्थापक सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्ष विमला सेने तथा महासचिव सञ्जयभक्त कंडेल सदस्य रहेको ५ सदस्यीय शुद्धिकरण समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । 

 

पछिल्लो समय गैरपत्रकारहरु समेतलाई शाखाको सदस्यता वितरण भएको भन्दै संस्थाभित्रै चरम असन्तुष्टी र गुनासोहरु बढेपछि गत मे मा सम्पन्न अधिवेसनमै संस्थालाई शुद्धिकरणमा लैजाने प्रस्ताव पारित गरिएको थियो । 

 

उक्त समितिले नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यता प्राप्तिका लागि पूरा हुनुुपर्ने निश्चित आधारभुत मापदण्ड तयार गरी यसअघि सदस्यता प्राप्त गरिसकेका तथा सदस्यताका लागि आवेदन गर्नेहरु सबैले उक्त मापदण्ड पूरा गरेको वा नगरेको  सम्बन्धमा आवश्यक अध्ययन र छानबिन गर्नेछ ।  

 

सदस्यताको लागि योग्य तथा अयोग्य रहेकाहरुको बारेमा समितिले कार्यसमितिमा सिफारिस गर्ने र सोहि सिफारिसको आधारमा कार्यसमितिले निर्णय लिने बताइएको छ । चौंथो अधिवेसनअघि आवेदन गरेका तथा अहिलेसम्म निर्णय हुन बांकी रहेका १९ जनाको सम्बन्धमा पनि उक्त समितिले नै अध्ययन गरी कार्यसमितिलाई सिफारिस गरी पठाउने भएको छ । 

 

गत महिना सम्पन्न अधिवेसनको समिक्षा गर्दै बैठकले विगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा संस्थाको प्रतिष्ठालाई उचो बनाउने गरी एकताबद्ध रुपमा अघि बढ्ने निर्णय गरेको छ । 

 

बैठकले अधिवेसनकै दिनमा नवनिर्वाचित महासचिव सञ्जयभक्त कंडेलमाथि कार्यसमितिकै नवनिर्वाचित सदस्य खुशी लिम्बुबाट भौतिक रुपमै आक्रमण भएको सम्बन्धमा परेको उजुरीमा आरोपित लिम्बुसंग १ साताको म्यादसहित लिखित स्पष्टिकरण माग्ने निर्णय गरेको छ । उनको स्पष्टीकरणपछि यस सम्बन्धमा आवश्यक निर्णय लिने जिम्मा पदाधिकारीहरुलाई दिइएको छ । 

 

बैठकमा निवर्तमान कार्यसमितिका महासचिव लिलामान शेरपुञ्जा र कोषाध्यक्ष पुर्ण लिम्बुबाट नयां कार्यसमितिका महासचिव सञ्जयभक्त कंडेल र कोषाध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीलाई सम्बन्धित खातापाता तथा हिसाबकिताबको बुझ बुझारथ गरिएको थियो । 

 

त्यस्तै, यसअघि शपथ ग्रहण गर्न बांकी नयां कार्यसमितिका केहि पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण पनि सोहि अवसरमा सम्पन्न गरिएको थियो । बैठकले शाखाका निवर्तमान सल्लाहकार केशव भण्डारीकी आमा श्रीमति कौशल्यादेवी भण्डारी तथा सदस्य प्रकाश अर्यालका पिता धर्मराज अर्यालको हालै निधन भएकोमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । 

 

शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव सञ्जयभक्त कंडेलले गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षद्धय लिलामान शेरपुञ्जा र विमला सेने, उपमहासचिव नरेन्द बस्नेत, सचिवत्रय शिव भण्डारी, पुर्ण गुरुङ र जगन कार्की, कोषाध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सदस्यहरु गणेश खड्का, मञ्जु भण्डारी र खेमराज रानाभाटका साथै आमन्त्रित अतिथीका रुपमा संस्थापक अध्यक्ष नविन पोखरेल र संस्थापक सदस्य विपिन निरौलाको पनि सहभागिता थियो । 

 

तस्बिर : शिव भण्डारी 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

  • 5 minutes ago
प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

एजेन्सी । बार्सिलोनाले बितेको केही वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिरहेको छैन । यस सिजन बार्सिलोनाको खेलबाट फ्यानहरु उत्तिकै निराश रहेका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोना नयाँ प्रशिक्षक निय

महेश मान्जेकरले जिते क्यान्सर

  • 6 minutes ago
महेश मान्जेकरले जिते क्यान्सर

एजेन्सी । चर्चित अभिनेता एवं फिल्म निर्माता तथा निर्देशक महेश मान्जेकर क्यान्सरमुक्त भएका छन् ।

सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

  • 10 minutes ago
सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ख ७७



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।