अस्ट्रेलियामा बाढीः १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवानको जोखिम बढेसँगै स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ।

 

ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८  हजारलाई सुरक्षीत स्थानमा सारिसकेको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

 

सबैभन्दा बढी डुबानको खतरामा सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र रहेका छन् । मानवीय क्षति नभए पनि यसले धेरै मानिसको जनजीवन प्रभावित बनाएको छ ।

 

 यी क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधान रहन पनि आग्रह गरिएको छ । यस्तै न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको छ । बाढीका कारण १ सय ३० वटा स्कुल पनि आपतकालीन रुपमा बन्द गरिएको छ । 

 

दुई दिनअघिको हावाहुरीसहितको भारी वर्षाका कारण प्रभावित बनेको पोर्ट मक्वारी र टारीका अधिकांश घरहरु डुबेपछि स्थानीयलाई लत्ताकपडाकै पनि आवश्यक परेको जनाईएको छ।

 

यसैबीच अष्ट्रेलियाका लागि नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई सतर्क रहन र बाढी अनि आँधीको जोखिमबारे सचेत रहन अपिल गरेको छ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

  • 10 minutes ago
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा

स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

  • 15 minutes ago
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

  • 19 minutes ago
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।